बजेट कार्यान्वयनमा असफल अर्थमन्त्री

काठमाडौं, जेठ । संसदमा दोस्रो बजेट प्रस्तुत गरी रहेका अर्थमन्त्री डा. युवराज खतिवडाले चालु आर्थिक वर्ष बजेट कार्यान्वयनमा असफल अर्थमन्त्रीको रुपमा रहे । गतवर्षको बजेटमा तीन वर्षसम्म ६ प्रतिशत भन्दा वढि आर्थिक वृद्धिको मार्गमा रहनेको दावी गरेका अर्थ मन्त्रीले सफलतामा भने पुग्न सकेन्न ।

८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्यसहित चालु आर्थिक वर्षको बजेट ल्याएका खतिवडा लक्ष्यभन्दा १.१९ प्रतिशत विन्दूले पछि छन् । राजनीतिक संक्रमण सकिएपनि संघिय संरचना अनुसार वित्तिय व्यवस्थापन गर्न केही कठिनाई भयो । तर आर्थिक सर्वेक्षणमा देखिएका तथ्यांकले अर्थमन्त्री खतिवडा बजेट कार्यान्वयनमा असफल देखिएका छन् ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र गभर्नर भएर राम्रो क्षमता प्रस्तुत गरेका खतिवडालाई प्रधानमन्त्री केपीशर्मा ओलीले टिपेर अर्थमन्त्री बनाएका थिए । दलभित्रको बरिष्ठ नेतालाई पाखा लगाउँदै आएका खतिवडाप्रति आम जनताको ठूलै अपेक्षा बजेट कार्यान्वयनको अवस्थाले उजिल्याएको छ । उनले परम्परागत बजेट ल्याए र कार्यान्वयनमा पनि परम्परावादीनै सोच राखे भन्ने अर्थमन्त्रालयभित्रकै अधिकारीहरु टिप्पणी गर्छन् । भलै बजेट कार्यान्वयनमा अर्थमन्त्रीको मात्रै भूमिका रहँदैन् । तर उनले अन्तरमन्त्रालय समन्वय समेत गर्न सकेनन् ।

दलभित्र भर्खरै केन्द्रीय सदस्यता प्राप्त गरेका खतिवडाले अर्थमन्त्रीमा पन्छाएका बरिष्ठ मन्त्रीसँग समन्वय गर्नुपर्ने अवस्था थियो ।

तर उनले अरु मन्त्रीलाई बजेट कार्यान्वयनका बारेमा छलफल मात्रै होइन सामान्य जानकारी समेत लिन सकेनन् । राष्ट्रिय गौरबका आयोजनाको अनुगमन लगायतका काम समेत अर्थमन्त्रालयले गरेन । त्यसैले पूँजीगत खर्चको अवस्था निराशाजनकनै रह्यो ।