लोकतन्त्रलाई बलियो र संस्थागत गर्न सञ्चार जगतको भूमिका महत्त्वपूर्ण छ : राष्ट्रपति भण्डारी

काठमाडौँ । राष्ट्रपति विधादेवी भण्डारीले मुलुकको लोकतन्त्रलाई बलियो बनाउन तथा समाज रुपान्तरणका लागि सञ्चार जगतको भूमिका महत्त्वपूर्ण रहेको बताएकाी छन् । लोकतन्त्रको रक्षा र मुलुकको समृद्धिका लागि निष्पक्ष र स्वतन्त्र पत्रकारिता आजको आवश्यकता रहेको बताएकी हुन् ।

शुक्रबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजित नेपाल पत्रकार महासङ्घको केन्द्रीय साधारण सभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले समयको विकाससँगै नेपाली पत्रकारिताले पनि फड्को मारेको बताइन् ।

विकासको पर्खाइमा रहेको कर्णाली प्रदेशमा भएको यस साधारण सभाले पर्यटन प्रवर्द्धन, प्रचारप्रसार तथा आर्थिक गतिविधि बढाउन कोशेढुंगा सावित हुने उल्लेख गरिन् ।

श्रमजीवी पत्रकारहरूको पेशागत सुरक्षा,पत्रकारमैत्री ऐन कानुन निर्माण तथा कार्यान्वयन र न्यूनतम पारिश्रमिक निर्धारण तथा कार्यान्वयनमा सरकार तयार हुनुपर्नेमा जोड दिइन् ।

नेपालमा भएका विभिन्न परिवर्तनमा चौथो अङ्गको महत्त्वपूर्ण भूमिका रहेको छ । राष्ट्रपति भण्डारीले भनीन्, तर क्रियाशील श्रमजीवीको दैनिकी चल्न मुस्किल छ । सामाजिक सञ्जालको बढ्दो प्रयोगले मिडिया क्षेत्र खुम्चिएको छ । चौथो अङ्गको दायरालाई फराकिलो बनाउन सरकारको ध्यानाकर्षण हुन जरुरी छ।

मुलुकको विभिन्न विकासको संस्थागत गर्न पत्रकारहरूको छाता सङ्गठन नेपाल पत्रकार महासङ्घले निभाउँदै आएको उल्लेखीय भूमिकाको प्रशंसा समेत गरिन् ।

कार्यक्रममा बोल्दै विभिन्न सङ्गठनका प्रमुखहरुले साधारणले क्रियाशील पत्रकारहरूको हितलाई थप जोड दिने र निष्क्रिय सदस्यहरूलाई बिदाइ गर्ने ठोस निर्णय गर्न शुभकामना दिएका छन् । क्रियाशीलताका आधारमा मात्रै सदस्यता दिनु पर्नेमा सङ्गठनका प्रमुखहरूको जोड छ ।

नेपाल पत्रकार महांसघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले यस साधारण सभाले श्रमजीवी पत्रकारहरूको हितमा निर्णय गर्ने बताए । उनले कार्यक्रममा सहभागी सबै पत्रकारलाई समेत धन्यवाद समेत दिए ।