ग्यास बोकेको ट्रक विष्फोट हुँदा १५ जनाको मृत्यु

काठमाडौँ । दक्षिणअफ्रिकाको बोक्सबर्गमा ग्यास बोकेको ट्रक विष्फोट हुँदा १५ जनाको मृत्यु भएको छ । शनिबार बिहान भएको उक्त विष्फोटका कारण १ सय मिटर पर रहेको ताम्बो मेमोरियल अस्पतालका २४ जना बिरामी र १३ जना कर्मचारी घाइते भएका छन् ।

ग्यास बोकेको ट्रक गौतेङ प्रान्तको बोक्सबर्गको पुलमा फसेपछि ट्रकमा आगो लागेर विष्फोट भएको अधिकारीहरूले बताएका छन् । घाइतेमध्ये अस्पतालका १ जना चालक र २ जना परिचारिकको मृत्यु भएको स्वास्थ्यमन्त्री जो फाहलाले बताएका छन् । विष्फोटबाट अस्पतालको भौतिक संरचनामा क्षति भएको छ ।