विदेशमा चलचित्र हिजोआजको कुरा प्रदर्शन

काठमाडौँ । चलचित्र ‘हिजोआजका कुराको विदेशमा प्रदर्शन भइरहेको छ। अमेरिकाबाट सुरु भएको प्रदर्शन यात्रा हाल अस्ट्रेलिया आइपुगेको बताएका छन् ।

चलचित्रको प्रदर्शनका लागि २ साताअघि निर्देशक साकार पन्त अस्ट्रेलिया गएका थिए । निर्देशक पन्तले भनेअस्ट्रेलियाका विभिन्न सहरमा चलचित्र प्रदर्शनी भइसकेको छ, यस चलचित्रको प्रशंसा पनि भइरहेको र अझै केही साता प्रदर्शन हुने बताए ।

यसअघि हिजोआजका कुरा डर्विन क्याथरिन र ब्रिसवेनमा प्रदर्शन भइसकेको र अब डिसेम्बर २९ मा क्यानबेरा,जनवरी ५ मा सिड्नी र जनवरी ८ मा गोल्ड कोस्ट र जनवरी २२ मा एडिलेडमा प्रदर्शन हुने बताएका छन् । उनका अनुसार, अस्ट्रेलियाको क्विन्सल्यान्डस्थित गार्डेन सिटी टुवाम्बामा भएको सोमा दर्शकको उल्लेख्य रहेको थियो ।

अमेरिकामा चलचित्रको माग बढेकाले डिसेम्बर २३ देखि टेक्ससमा चलचित्र प्रदर्शन भइरहेको उनले बताए । टेक्ससमा २ साता सो चलचित्र लाग्ने जानकारी दिएका छन् ।

पन्त फिल्म प्रोडक्सनमा निर्मित चलचित्रमा कथा सन्तोष पन्त र पटकथा सन्दिप किस्नाले लेखेका हुन्। यसमा रवि सायमीले खिचेको चलचित्रमा सन्तोष पन्त, साकार पन्त, रमा थपलिया, केकी अधिकारी, ऋचा शर्मा, दिव्यदेव, रिमा विश्वकर्मा, स्वं। जयनन्द लामा, लक्ष्मी भुसाल, जेविका कार्की, रमेश अधिकारीलगायतको अभिनय रहेको छ ।

यसैगरी अस्ट्रेलियामा फ्युजन मिडिया प्रोडक्सनले प्रदर्शनमा साथ दिएको बताएका छन् ।