नयाँ सरकारको पहिलो निर्णय ः पासपोर्ट र लाइसेन्स लिन लाइन बस्नु नपर्ने तर कहिलेबाट

काठमाडौं । निर्वाचन पछिको नयाँ सरकारमा तेश्रो पार्टीका रुपमा रहेको नेकपा माओवादीका केन्द्र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा नयाँ सरकार गठन भएको छ । सात सदस्यीय मन्त्रीमण्डले आजै राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ ग्रहण गरे लगतै आआफ्नो जिम्मेवारी पूरा गर्दै पदभार ग्रहण गरिसकेका छन् ।

नयाँ सरकारको मन्त्रीपरिषद्को पहिलो वैठक पनि सम्पन्न भईसकेको छ । सरकारको पहिलो वैठकले निकै महत्वूर्ण एव जनआकांक्षाको निर्णय समेत गरेको छ । सरकारले अवदेखि पासपोर्ट र लाईसेन्स लिनका लािग सेवाग्राही लाईन बस्नु नपर्ने निर्देशन दिने निर्णय गरेको छ ।

सरकारले गरेको निर्णयबाट जनताहरु निकै नै खुशी देखिएका छन् । सोमबार बसेको मन्त्रीपरिषद्ले पासपोर्ट र लाईसेन्स लिनका लागि लाईन नबस्ने निर्णय गरेपछि कहिलेबाट लाइन बस्नु नपर्ने भन्ने खुलाएको छैन । त्यसैले सरकारले गरेको निर्णय कार्यान्वयन नहुँदै खुशी हुनु पर्ने कारण भने छैन ।

पासपोर्ट लिनका लागि जनताले दिनभर कुर्नुृे पर्ने मात्र होइन प्रति पासपोर्ट ३ देखि ५ हजार घुस नख्वाई पासपोर्ट नै वन्दैन । जव घुस नख्वाई पासपोर्ट नै नबन्ने ठाउँमा सस्तो लोकप्रियताका लागि हल्ला गर्ने निर्णय गर्नु भन्दा पनि कारण सहित जनतालाई यतिदिन वा गतेबाट लाईन बस्नु पर्ने अवस्थाको सिर्जना गर्ने भन्दै धोषणा गर्नु आवश्यक छ ।

पासपोर्ट र लाइसेन्स लिन लाइन बस्नु नपर्ने सरकारको निर्णय कार्यान्वयन कहिलेबाट हुने हो अझै अन्यौल पनि भएको छ । तसर्थ सरकारले निर्णय गरेर कार्यान्वयन नगर्ने हो भो दुनियाँ हँसाउन किन सस्तो लोकप्रियता कमाउनका लागि योजना वा कार्यक्रम सार्वजनिक नगर्दा ननै उपयुक्त हुने देखिन्छ ।