नेताको भ्रष्टाचार मुद्दाको मिसिल अख्तियारबाटै गायब

काठमाडौं, जेठ– नेपाली काँग्रेसका नेता गोविन्दराज जोशीको भ्रष्टाचार मुद्दाको सक्कल मिसिल अख्तियारबाटै गायब भएको तथ्य सार्वजनिक भएको छ । बिहिबार सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नाममा नै कारण देखाउ आदेश जारी गर्दै १५ दिनभित्र भ्रष्टाचार मुद्दाको सक्कल मिसिल र अन्य कागजात उपलब्ध गराउन आदेश दिएको हो ।

अख्तियार दुरुपयोग अनुसनधान आयोगले काँग्रेसका नेता गोविन्दराज जोशी तथा उनका छोरा र भाञ्जाको नाममा भ्रष्टाचार गरी सम्पत्ति आर्जन गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो । तर उक्त मुद्दामा विशेष अदालतले जोशीलाई सफाई दिएपछि अख्तियार सर्वोच्च अदालतमा गएको थियो । सर्वोच्च अदालतमा मुद्दा विचाराधीन अवस्थामै रहेको बेला २०७१ साल भदौ २९ गते सर्वोच्च अदालतले अख्तियारलाई सक्कल मिसिल उपलब्ध गराउन आदेश दिएको थियो ।

तर सर्वोच्चले सक्कल मिसिल मागेको १ महिना कटेपछि अख्तियारले २०७३ कात्तिक २ गते सर्वोच्चलाई पत्र लेख्दै आयोगमा रहेको उक्त मुद्दाको अभिलेख मिसिल अध्ययन गरी हेर्दा सो निर्णय कागजातहरु सो मिसिलमा नभेटिएको’ ब्यहोरा उल्लेख गरेर जवाफ पठाएको देखिन्छ ।

त्यसलगत्तै न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सपनाप्रधानमल्लको संयुक्तइजलाशले १५ दिनभित्र सक्कलमुद्दा चलाउने निर्णयको सक्कलप्रतिलिएर आँफै उपस्थितहुनअख्तियारका सचिवको नाममाआदेश दिएको हो ।

१५ दिनभित्र सक्कल प्रति सहित आँफै उपस्थित नभए सचिवलाई कारवाही गर्ने चेतावानीसमेत दिँदै कारवाही गर्नु नपर्ने हो भने किन नपर्ने हो सो खुलाउन भनिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धानआयोग अँफैले मुद्दा दायर गरेपनिमुद्दा दायर गर्ने निर्णयको सक्कल प्रति भने अख्तियारबाटै गायब पारिएको छ । अख्तियार दुरुपयोग अनुसनधान आयोगबाटै सक्कल मिसिल गायब हुँदा एकातिर जोशीको भ्रष्टाचार मुद्दा पेशीमा चढ्न सकेको छैन । यसले अन्ततःजोशीलाई भ्रष्टाचार मुद्दाबाट सफाई मिल्न जाने देखिन्छ ।

अख्तियारकै कर्मचारी र उच्चपदस्थको डिजाइनमा जोशीलाई मुद्दा चलाउने निर्णय सक्कल मिसिलबाटै गायब पारिएको छ ।