वैंक अफ एशिया प्रचार एकथरि व्यवहार अर्कोथरी


काठमाडौँ, जेठ । केहि मिडियाहरुलाई पकेटमा राखेर मात्र आफ्नो झुट लुक्दैन भन्ने यथार्थ एनआइसी एशिया बैंकको हकमा पुष्टी भएको छ । स्वीफ्ट प्रकरणमा जनताको पैसा हराउँदा पनि उक्त घटनालाई भित्र भित्रै लुकाउन खोजेको बैंकले साखा विस्तार अनुसार आफ्नो सेवालाई विस्तार गर्न नसक्दा बैंकप्रति ग्राहकहरु वाक्क दिक्क हुन थालेका छन् । यति सम्म कि अधिकांसले ुएनआइसी एसियाको चेकचाहिं नदिनुस् हैु भन्न थालेका छन् । एटिएम सञ्जालका आधारमा आफुलाई सबैभन्दा ठूलो बैंक भन्न रुचाउने बैंकको एटिएम सेवा झुर हुँदा ग्राहकहरु समस्यामा परेका छन् ।
प्रतिनिधि केहि घटना
केही दिन अघिको कुरा हो, एनआइसी एसिया बैंकको बानेश्वर साखामा थुप्रै ग्राहकहरु सीआरएन नम्बर लिन र डीम्याट खाता सम्बन्धि काम गर्न बैंक गए । एक हाइड्रोको सेयर भर्ने समय सकिंदै थियो । तर डीम्याट सम्बन्धि काम गर्ने कर्मचारीनै बैंकमा अनुपस्थित रहेछन् । बैंकका अन्य कर्मचारीले आज उक्त काम नहुने बताईरहेका थिए । भोलिपल्ट पनि त्यस्तै भयो । त्यो दिन काम गर्न कर्मचारीले भ्याएनन । भीड नै भीड थियो । एनआइसी एसिया बैंकमा खाता भएकै कारण कतिपय ग्राहकले उकता सेयर भर्न पाएनन् । एनआइसी एसियाको निकै कमजोर सेवाको नमुना देखियो ।

कुरा एनआइसी एसिया बैंकको हेड अफिसको हो । बैसाख ६ गते एक ग्राहक आफ्नो एटिएम दिएको थुप्रै समय भएको बताईरहेका थिए । तर उनको काम बनेनछ । त्यहि बेला बैंकिङ संसार सम्बाददाता बैंकमा पुग्दा रिसेप्सनमा बसेकी एउटी नेवार कर्मचारी अर्की कर्मचारीबाट काम यसरी गर्ने भनेर सिक्दै थिईन् । हामीलाई चेकबुक बनाउनु थियो । उनले ठाडै भनिन्, ुपर्सी आउनु( आज र भोलि एकदम प्याक छ ।ु पैसा निकाल्न विथड्र स्लिप दिनुहोस् न १ भन्दा उनीहरुलाई त्यस विषयमा केहि पनि थाहा नभएको पाइयो । हेड अफिसमै यस्तो समस्या छ भने अरु ठाउँको के कुरा गर्नु र रु भन्दै हामी निस्कियौं।

एनआइसी एसियाको चेक नै लिन मान्न छाडे अधिकांसले
कुनै कार्यालयमा काम गर्ने कर्मचारी हुन् वा व्यवसायी साटीहाल्नु पर्ने चेकको हकमा एनआइसी एसिया बैंकलाई मान्ने छाडेका छन् अधिकांसले । ुचेक लियो, साट्न गयो, भीड उस्तै, दिनभर जान्छ । अनि के गर्ने रु सेवा उस्तै झुर छ । एउटा चेक साट्न पुरै दिन जान्छ । कर्मचारी आफैं गर्छन्, आफैं सिक्छन् । डीम्याट सम्बन्धि त झन् जानकारी निकै कमलाई छ ।ु नयाँ बानेश्वर साखामा भेटिएका एक ग्राहक भन्छन्, ुढिलो पनि, झुर पनिु राख्नुपर्ने हो यो बैंकको नारा । न गतिलो बैंक बनेको छ, न साथी, न राम्रो बन्न सक्यो, न हाम्रोु

मोफसलमा झन् बिजोग १
यसो त काठमाडौँमात्र होइन मोफसलमा पनि एनआइसी एसिया बैंकको हालत झन् बिजोग छ । चितवन, नेपालगंज लगायतका ठाउँमा बैंकलाई ग्राहकले सार्है नराम्रो मान्न थालेका छन् । केहि समय अगाडी भक्तपुरकै दुवाकोटमा बैंक घेराउ गर्दा पनि बैंकले कुनै खाले सकारात्मक कदम लिएन । बैंक र एक कलेजबीचको झगडाले अधिकांस ग्राहक मर्कामा परे । यस्तै दमौली साखाको सेवा पनि उस्तै झुर छ । बाग्लुंग र गोर्खामा त एनआइसी एसिया बैंकको चेक भनेपछि लिन नै हिच्किचाउने समस्या छ । एटिएम त समस्या नभएको ठाउँ नै छैन भन्दा पनि हुन्छ । यस विषयमा हामी बैंकका सूचना अधिकारी अर्जुन खनियाँसँग पटक पटक सम्पर्क गर्ने प्रयास गरिरहेका छौं । तर उनले न हाम्रो फोन उठाईरहेका छन्, न एसएमएस ।