प्रधानमन्त्री दाहाललाई भारतीय समकक्षीको बधाईपत्र

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शुक्रबार भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री दाहाल समक्ष राजदूत श्रीवास्तवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएका बधाइ पत्र हस्तान्तरण गर्दे प्रधानमन्त्री दाहालका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिएका छन् ।

प्रेस संयोजक शर्माका अनुसार भेटमा नेपाल–भारतबीचको सम्बन्धलाई अझै मजबुत बनाउने बारेमा छलफल भएको बताएका थिए ।