लुम्बिनीका प्रदेशसभा सदस्यले शपथ लिए

काठमाडौँ । लुम्बिनी प्रदेशसभाका सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार लुम्बिनी प्रदेशको राजधानी भालुवाङमा आयोजित समारोहमा नवनिर्वाचित सदस्यले शपथ ग्रहण गरेका हुन् ।

यस प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले उनीहरुलाई शपथ गराएका हुन् । प्रतिनिधिसभा तथा अन्य प्रदेशमा प्रदेश प्रमुखले ज्येष्ठ सदस्यलाई शपथ गराई ज्येष्ठ सदस्यले प्रदेशसभा सदस्यलाई शपथ गराउने चलन रहे पनि लुम्बिनीमा भने प्रदेश प्रमुखले नै शपथ गराउने गरिएकोबताएका छन् ।

लम्बिनी प्रदेशको प्रदेशसभा बैठकको अध्यक्षता ज्येष्ठ सदस्य डिल्लीराज भुसालले गरेका छन् । लुम्बिनी प्रदेशसभा सचिवालयका सचिव दुलर्भकुमार पुनका अनुसार प्रदेशसभाका सदस्यमध्ये ज्येष्ठ सदस्य भुुसालले सभाको अध्यक्षता ग्रहण गरेको बताए ।

प्रदेश प्रमुखले ६९ वर्षीय भुुसाललाई यससम्बन्धी जिम्मेवारी पत्र प्रदान गरेका छन् । भुसाल नेकपा एमालेबाट गुल्मी २९१० बाट निर्वाचित भएका हुन् । प्रदेशसभाको पहिलो बैठक आगामी सोमबार दिउँसो १ बजे बस्ने भएको छ ।