लुम्बिनी प्रदेश सभा संसदीय दलको नेतामा एमालेको लीला गिरी

काठमाडौँ । लुम्बिनी प्रदेश सभा संसदीय दलको नेतामा नेकपा एमालेको लीला गिरी सर्वसम्मत चयन भएका छन ।

पार्टीका महासचिव शंकर पोखरेल, सचिव छबिलाल विश्वकर्मालगायतको उपस्थितिमा बसेको दलको बैठकले रुपन्देही क्षेत्र न २९१० बाट निर्वाचित गिरीलाई नेता चयन गरेको बताएका छन् ।

पोखरेलको निवासमा भएको छलफलमा नेताहरू बीच गिरीलाई संसदीय दलको नेता बनाउने सहमति जुटेको स्रोतको भनाइ रहेको छ ।

महासचिव पोखरेलले लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेले गर्ने बताउँदै आएका छन् । एमाले लुम्बिनी प्रदेश सरकारको नेतृत्व गर्ने अवसर पाए गिरी मुख्यमन्त्री बन्ने बताएका छन् ।