काठमाडौँ । प्रतिनिधिसभा सदस्यको गत मङ्सिर ४ गते भएको निर्वाचनमा काठमाडौँ उपत्यकामै पुराना दल र अनुभवी नेतालाई समेत पाखा लगाउँदै राष्ट्रिय स्वतन्त्र पार्टीले एक पटक सबैलाई चकित तुल्याएको छ । अध्ययन, रोजगारीलगायत विभिन्न पेसा–व्यवसायका सिलसिलामा विदेशमा रहेबसेका नेपाली र उनका परिवारजनको बलियो साथ र समर्थन पाएको उक्त दलका उम्मेदवारलाई विजयी तुल्याउन युवा पुस्ता र सामाजिक सञ्जालको समेत ठूलो योगदान रहेको छ ।
टेलिभिजनका तत्कालीन कार्यक्रम प्रस्तोता रवि लामिछाने अध्यक्ष रहेको उक्त दलका नवनिर्वाचित सांसद समाजका विभिन्न क्षेत्रका ख्याति कमाउनुभएका व्यक्तित्व हुनुहुन्छ । दल दर्ता भएको छ महिनाकै अवधिमा २० उम्मेदवारलाई जिताएर मुलुककै चौथो शक्तिका रूपमा स्थापित गराउँदै रास्वपाका अध्यक्ष लामिछाने उपप्रधानमन्त्री एवं गृहमन्त्री बन्न सफल हुनुभएको छ ।
सोही दलका नेता एवं अनुसन्धानकर्ता मनिष झा भन्नुहुन्छ, हामीले चुनावबाट प्राप्त गरेको नतिजा भनेको प्रमुख शक्तिबाट निराश भएर पोखिएको अभिमत हो ।देश हाँक्ने जिम्मेवारीमा रहेका दल र नेताहरूले ठीक ढङ्गबाट राज्य चलाउन नसक्नाको परिणाम निर्वाचनले दिएको बताउँदै उहाँले भन्नुभयो, ग्राउन्डमा रहेका खेलाडीले राम्रो प्रदर्शनी गर्न नसकेपछि मैदान बाहिर सिटमा बसेका हामीलाई म्यानेजर अर्थात् मतदाताले पालो दिनुभएको हो ।
मुलुकमा पछिल्लो विकसित राजनीतिक, सत्ता समीकरण र आगामी कार्यदिशालगायत विषयमा केन्द्रित रही तीन विषयमा स्नात्तकोत्तर रहनुभएका उक्त दलबाट समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद झासँग राष्ट्रिय समाचार समितिका उपप्रमुख समाचारदाता नारायणप्रसाद न्यौपानेले लिएको अन्तर्वार्ताको सम्पादित अंश –
तपाइँ एउटा स्थापित अनुसन्धानकर्ता हुनुहुन्छ, राजनीतिमा प्रवेश गर्न तपाइँलाई केले प्रेरित ग¥यो रु
जनकपुरको बाह्रबिघा मैदानस्थित जानकी माध्यमिक विद्यालयबाट एसएलसी र रामस्वरुप रामसागर बहुमुखी क्याम्पसबाट आइकम गरेर ब्याचलर पढ्न काठमाडौँ आएँ । त्यसबेला त्यहाँ बिबिएस मात्र पढाइ हुन्थ्यो, म बिबिए पढ्न चाहन्थेँ, अनि काठमाडाँै आएँ । घरबाट पठाइएको पैसा अपुग भएकाले यहाँबाट लेख लेखेर म ‘जनकपुर टुडे’ र ‘जनकपुर एक्सप्रेस’मा पठाउँथेँ । बिबिए सकेपछि थम्सन नेपालमा काम गर्न थालेँ । पढाइ जारी राखेँ, तीन विषयमा मास्टर्स गरेँ । अमेरिका, जर्मनी र जापानमा गएर तालिम पनि लिएँ ।
सन् २००९ देखि २०१२ सम्म ‘कमन ग्रान्ड एप्रोच’ अन्तर्गत सबै दलका युवाका सहभागितामा कार्यक्रम संयोजकका रूपमा काम गर्ने अवसर मिल्यो । त्यसबेला नै मैले नेपालको राजनीतिक भविष्य कतातिर जाँदैछ भनेर हेर्न र बुझ्न पाएँ । मैले सोचेँ कि अब यसरी चल्दैन । भरपर्दो देखिन । त्यसपछि आफूलाई राजनीतिकर्मीका रूपमा तयार गर्ने क्रम सुरु गरँे । एउटा इन्टरप्राइजेज बनाएर राजनीतिकर्मीका रूपमा अघि बढ्दा त्यसले सहयोग गर्छ भन्ने सोच भयो । सबैलाई चिनाउन टेलिभिजनमा काम गरेँ । आफूसँग धारणा र अभिमत छ भन्ने लागेर पत्रपत्रिकामा लेख्न र धेरैसँग चिनजान बढाउन कलेज पढाउन थालेँ । अनुसन्धानका लागि १० वर्ष लगाएर ‘फ्याक्ट रिसर्च एन्ड एनालाइटिक्स’ संस्था स्थापना गरेँ । त्यो अहिले यहाँ पुग्नका लागि बनाएको बाटो हो । एउटा राजनीतिकर्मीलाई भोलि गएर सघाउ पु¥याउने व्यवसाय के होला भनेर संस्था बनाइएको हो । यसको म संस्थापक र कार्यकारी छु । अब सांसदको शपथ लिएँ, राजीनामा पनि दिन्छु ।
मुलुकमा स्थापित अनुसन्धानकर्ताको अभाव अब कसरी पूर्ति होला रु पछि फेरि फर्कनुहुन्छ कि ?
सार्वजनिक पदमा रहँदारहँदै राजनीतिमा सक्रिय रह्यौँ वा निर्वाचित प्रतिनिधि भइयो भने त्यो छाड्नुपर्छ । कानुनले छाड्नुपर्छ भनेर बाध्य बनाउन्न तर छाड्दा राम्रो भन्ने हो । प्रतिनिधिसभा सदस्यले गरेको अनुसन्धान र निकालेको तथ्याङ्कको निष्कर्ष भनियो भने झन् नराम्रो हुन्छ । एउटा अनुसन्धानकर्ता सदनमा सदस्यका रूपमा जाँदै गर्दा देशले त्यति गुमाउँदैन, जति एउटा संस्थाले गलत र मिथ्या सूचना दिँदा अप्ठ्यारो हुन्छ । संस्था स्थापित भएकाले म हुनु र नहुनुमा फरक पर्दैन ।
मुलुकको राजनीतिमा के देखेर तपाइँ यसमा लाग्नुभयो, सुधारको अनुभूति कसरी दिलाउनुहुन्छ ?
राजनीति किन गर्ने, मेरा लागि, नेताका लागि, जातका लागि, धर्मका लागि कि देशका लागि गर्ने भन्ने हो । पहिलो कुरा, राजनीतिक जिम्मेवारीको विषय हो । आजभन्दा पहिलेका नेताले जिम्मेवारी लिएर होइन, स्वार्थपूर्ण हिसाबले काम गर्नुभयो । राजनीति गर्नेमा जिम्मेवारी बोध र तालिम हुनुपर्छ । एउटा सामान्य सिपाहीलाई त १८ महिनाको तालिम दिनुपर्छ भने देश हाँक्ने हाम्रा राजनीतिकर्मीले कति तालिम लिनुभएको छ रु नेताको वरिपरि घुम्ने, घर धाउने कामलाई तालिम सम्झिइयो । कुनै पनि नेताले पाँच वर्षपछि मन्त्री हुन्छु भनेर आफूलाई तयार गर्नुपर्छ, त्यो देखिन्न । दौरासुरुवाल लगाएर गाडीमा बसिसक्दासमेत कुन मन्त्रालयको जिम्मेवारी भन्ने यकिन हुन्न । खै यो देश कसरी चलिरहेको छ थाहा छैन । जर्मनीमा गभर्नेन्सका आठवटा पिलर हुन्छन् भनेर पढेको थिएँ तर यहाँ त एउटा पनि पिलर रहेन छ । अर्को विषय, हाम्रो मुलुकमा रणनीतिक योजना छैन । हामी सानो कम्पनी चलाउँदा त हरेक छ महिनामा पुनः मूल्याङ्कन गर्छौं र योजना बनाउँछौँ । देशलाई पाँच वर्षपछि कहाँ पु¥याउने भन्नेमा पनि रणनीति आवश्यक हुन्छ । संसद्मा पनि सबैतिरबाट निवृत्त भएपछि पुग्ने अवस्था आउन दिनुहुन्न । त्यहाँ पुग्नेको औसत उमेर ५७ वर्ष छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधित्व गर्नेको औसत उमेर ३८ वर्ष छ, हामी धेरै खट्न र काम गर्न सक्छौँ । अर्कातर्फ हाम्रा बालबालिका, युवकयुवती र सम्पूर्ण नागरिकलाई देशप्रति गौरव गर्न प्रेरित गर्नुपर्छ । त्यो पक्ष कमजोर छ । हाम्रो मुलुकलाई ‘दुई ढुङ्गाको तरुल’ र हामीलाई ‘गरिब देशका जनता’ भन्ने गरिन्छ । नेतृत्व गर्ने सपना पनि देखाउनुपर्छ, यहाँ त्यो छैन । त्यसो हुनाले पाँचवटा ‘इन्डिकेटर’ ९सूचक०का आधारमा राजनीति यसरी गर्न सकिन्छ कि भनेर काम गरिरहेको छु ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई यहाँले कसरी लिनुभएको छ ?
बीस प्रतिशत मतदाताले तथ्याङ्क बुझ्ने हुनाले विश्लेषण गरेर मतदान गर्न सक्छन् । त्यो २० ले अर्को २० प्रतिशतलाई प्रभाव पार्छ । मैले गत स्थानीय तहको निर्वाचनको नतिजाका आधारमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा ठूला र स्थापित दलमा गइरहेका मत नयाँ र युवा पुस्ताका दलमा औसत १० प्रतिशतले बढ्छ भनेको थिएँ । त्यसो हुनाको कारण भनेको सामाजिक सञ्जाल हो, सूचनाको पहुँच हो । हाम्रा हजुरबुबाका पुस्तामा ‘सर्भाइभ’ अर्थात् जन्मिएको सन्तान बाँच्छ कि बाँच्दैनन् भन्ने थियो, बुबा पुस्तामा पहिचानको चुनौती अर्थात् पछाडि हाकिम, डाक्टर, वकिल वा कलाकार के जोडिन्छ भन्ने रह्यो । हाम्रा पुस्तालाई सूचनामा पहुँच छ कि छैन भन्ने चुनौती भयो । हामी पछिकालाई आफूले चाहेजस्तो जीवनयापन गर्न पाइन्छ कि पाइन्न भन्ने छ । मतदानको तरिका पनि त्यसरी नै फरक हुँदै जान्छ । जीवन शैलीसँगै मान्छेको सोच र आकाङ्क्षा परिवर्तन हुन्छ । यो निर्वाचन पहिलाभन्दा फरक हुन्छ र केही नयाँ शक्ति आउँछ भन्ने हाम्रो अनुसन्धानले देखाइसकेको थियो । त्यसको सङ्केत स्थानीय तह निर्वाचन थियो । स्थानीय तहमा ठूला दलबाहिर सात लाखको हाराहारीमा गएको मत पछिल्लोमा आएर करिब १९ लाखमा पुग्यो । मतदाताको अपेक्षानुरुप काम भएमा सङ्ख्या ह्वात्तै बढ्छ, सकिएन भने घट्छ । मतदाताले आगामी निर्वाचनमा सूचनाको पहुँच र आफूले चाहेको जीवन शैलीको सूचकमा मतदान गर्ने हो ।
निर्वाचन प्रचारमा रहँदा समग्रमा दलका एजेन्डा र मतदाताको आकाङ्क्षाबीच यहाँले कति तालमेल भएको पाउनुभयो ?निर्वाचनअघि गरिएको एउटा अनुसन्धानबाट सुशासनका सवालमा राजनीतिदेखि एकदमै धेरै विचलन र नैराश्य आएको देखियो । त्यो नै सबैभन्दा ठूलो कुरा थियो । मुलुकमा दलहरूबीच सबैभन्दा धेरै सम्झौता सुशासनकै लागि गरेको देखिन्छ । आफ्नो टे«ड युनियन बनाएर होस् वा विद्यार्थी उचालेर किन नहोस् । विद्यार्थीले पनि समयमा पढाइ र परीक्षा होस् भनेर आन्दोलन गरेको देखिन्न । जनतालाई राष्ट्रिय परिचयपत्र बनाउन बाध्य बनाइन्छ, त्यो लिन जाँदा लाठी चार्ज गर्ने अवस्था छ । राज्यलाई तिनुपर्ने कर फरफारक गर्न जाँदा पैसा दिन र ‘रेडबुल’ खुवाउनुपर्छ । पुराना राजनीतिक दलले सुशासनका एजेन्डा लिएर गएनन् । रास्वपा भ्रातृ सङ्गठनको अभ्यास गर्दैन भन्ने कुराले जनतालाई प्रेरित ग¥यो भने अर्को सुशासनका सवालमा अध्यक्षले चलाएको टेलिभिजनले प्रत्याभूतिको विश्वसनीयता दिलायो । हामीलाई सफलता दिने नयाँ पुस्ता पनि हो । सबैभन्दा कान्छी र ३० वर्षमुनिका तीनजना हाम्रो दलबाट विजयी सांसद हुनुहुन्छ । हामीले निर्वाचन अभियान चलायौँ, त्यस क्रममा दिनमा १२ वटासम्म कोणसभा ग¥यौँ । आसनग्रहण, फूलमाला, अतिथि सत्कार केही गरेनौँ । आङ्कलन र अनुसन्धानले त्यो नगर्न सुझाएको थियो । नतिजा पनि त्यहीअनुरूप आयो ।
निर्वाचनअघिको गठबन्धन र हालको गठबन्धनलाई कसरी लिनुभएको छ ?
गठबन्धनलाई स्वाभाविक र अस्वाभाविक भन्ने कट्टरपन्थीको अभिव्यक्ति हो । आफू संलग्न हुँदा प्राकृतिक, नहुँदा अप्राकृतिक र अस्वाभाविक भन्ने गरिन्छ । निर्वाचनमा जाँदै गर्दा आफूलाई सबल प्रतिपक्षका रूपमा उभ्याउनुपर्छ भनेर अभ्यास गरिएको थियो । हामीले सरकारमा नहुने तथा हुन पनि सक्ने परिकल्पना गरेका थियौँ । सत्ता समीकरणपछि न्यूनतम साझा कार्यक्रम आएको छैन, अहिले नै मूल्याङ्कन गर्ने वा तुलना गर्ने बेला होइन । उद्देश्य के हो भन्ने मुख्य कुरा हो । हामीले आफ्नो न्यूनतम एजेन्डा दिएका छौँ । त्यो भएन भने जान्नौँ भनेका थियौँ । त्यसलाई स्वीकार गरिएको छ । काम राम्रो गर्न सकिएन भने जुनसुकै बेला सरकार छाड्न सक्छौँ । पुराना र अवसर पाएकाहरूले सम्झौता गर्लान् तर हामी गलत र गर्न नसकिने कुरामा सम्झौता गर्दैनौँ । गठबन्धनलाई हामी यसरी नै हेर्छांै ।
तपाइँहरूका मूलभूत एजेन्डा के के हुन् त ?
विदेशमा रहेका नेपालीले मतदान गर्न पाउनुपर्छ, वैदेशिक रोजगारीमा रहेकाहरूको ‘नोट चल्ने– भोट नचल्ने’ हुनुहुन्न । अदालतमा न्याय पाउनका लागि हामीले टाइम कार्ड बनाउनुपर्छ, यो प्रकृतिको मुद्दा यति समयमा किनारा लगाइसक्नुपर्छ भन्ने सुनिश्चितता हुनुप¥यो, निजी क्षेत्रको जस्तै सरल रूपमा सेवा प्रवाह हुनुपर्छ, त्यहाँ कुन मान्छे चिनेको छ भनेर व्यक्ति पत्ता लगाउने होइन, कस्तो विधि र प्रणाली विकसित गरिएको छ भन्ने हुनुपर्छ । विधि र प्रणालीले काम गर्नुपर्छ । अदालतमा ७३ वर्षसम्म मुद्दा खेप्नुपर्ने अवस्था अन्त्य हुनुपर्छ ।
रास्वपाले प्रदेश संरचनालाई बेवास्ता गरेको देखियो, वर्तमान अवस्था र व्यवस्थामा तपाइँहरूका एजेन्डा कति कार्यान्वयन होलान् ?
प्रदेशका बारेमा आजको दिनसम्म जति प्रस्ट पार्नुपथ्र्यो, त्यो गर्न नसक्नु हाम्रो कमजोरी हो । हामीले सङ्घीयता नकारेको होइन । हामी सङ्घीय समाजवादमा विश्वास गर्छौं । संविधानलाई विश्वास गरेका छौँ, प्रणालीलाई मानेका छौँ । अध्यक्षले पटक–पटक भनिसक्नुभएको छ, यही प्रणाली मान्छौँ, यही अभ्यास गर्छौँ । सङ्घीयताका हकमा प्राविधिक र सैद्धान्तिक विषय छ । सबै समेट्न खोज्दा सम्हाल्न नसकाँैला कि भनेर हामीलाई जोखिम लागेको हो । सङ्घीयताको अझै पनि राम्रो संरचना र पिलर बनिसकेको छैन । धेरै काम गर्न बाँकी छ, प्रदेशको आफ्नो कानुन, शिक्षा नीति, अदालत, प्रहरी छैन । त्यस विषयमा द्वन्द्व छ त्यहाँ धेरै कुरामा । त्यसलाई हामी नीतिगत र संसदीय अभ्यासबाट सुधार्न सक्छौँ । अबका निर्वाचनमा हामी स्थानीय, प्रदेश र केन्द्र तीन वटाकै अभ्यास गर्दैछौँ । कमजोर घरमा जानुभन्दा पहिले बाहिर बसेर ‘रेक्टोफिट’ गरेर ठीक पारौँ, अनि जाने नि भन्ने हो ।
तपाइँहरुको पृष्ठभूमि लोकतान्त्रिक देखिन्छ, अहिलेको गठबन्धनमा कत्तिको सहज होला भन्ने लाग्छ ?
असर पर्दैन, यसअघि सात दशकदेखि लोकतन्त्रवादी हौँ भन्ने दलले पनि सँगै मिलेर सरकार चलाए । विसं २०४६ पछि लोकतन्त्रवादी अर्थात् कांग्रेसको मात्र सरकार कति चोटि बनेको छ र रु त्यहाँ कुनै न कुनै वामपन्थी दल मिसिएकै छन् । हामी नयाँ दल पाँच वर्षसम्म प्रतिपक्षमा बसेर औँला मात्र उठाउने, कम्प्लेन मात्र गर्ने कुराले अर्को निर्वाचनमा जाँदा तिमीहरूले गुनासो मात्र ग¥याँै, प्रतिवाद खोइ गरेको भन्ने हुन सक्छ । नेपालमा वैकल्पिक वा नयाँ शक्तिका रूपमा आएका नयाँ दल सत्ताको अभ्यास नगरेर पनि असफल भएको देखिएको छ । गुनासो मात्र होइन, सेवा प्रवाह गर्नुपर्छ । नयाँ गृहमन्त्री आएपछि नयाँ इनर्जी देखिएको छ । यही अभ्यास गर्न खोजेका हौँ । हामी लोकतान्त्रिक अभ्यास गर्न चाहन्छौँ । लोकतान्त्रिक पक्ष मिलेर अभ्यास हुन सक्छ भनेर आह्वान गरिएकामा केहीले त्यसलाई सकारात्मक र उत्साहजनक रूपमा नलिएपछि अर्कै परिस्थिति निर्माण भएको हो ।
वर्तमान सत्तासमीकरणप्रति रास्वपाको धारणा के हो ?
सत्ताको समीकरण दुई किसिमले हुन्छ । सिद्धान्त र एजेन्डामा एकार्काबीच सहकार्य हुन्छ । सत्तासमीकरण भएका दलसँग शत्प्रतिशत सहमति भएको होइन । यो समीकरण सैद्धान्तिक नभई एजेन्डाका आधारमा भएको सम्झौता हो । मेरो कित्ता यो हो, म यति कुरामा डेलिभर गर्छु भनिएको छ । सिद्धान्तका आधारमा समीकरण भएको होइन ।
अबको राजनीति केमा केन्द्रित हुनुपर्छ र कतातिर उन्मुख होला जस्तो लाग्छ यहाँलाई ?
राजनीति जहिले पनि दुईवटा अप्रोच प्वाइन्टको केन्द्रविन्दु हो । त्यो भनेको तलबाट माथि र माथिबाट तल हो । पहिलाको राजनीतिकर्मीहरू दलानमा उपरखुट्टी लगाएर बस्थे, सबै त्यहाँ जान्थे । उहाँहरूले जे निर्णय गरे पनि प्रतिप्रश्न हुन्थेन । अहिलेको राजनीति फरक छ । नेता मतदाताका घरघरमा पुग्नुपर्र्छ । निर्वाचनमा मतदाता घरदैलो कार्यक्रम नै निर्धारण गरिएको छ । पहिलाका निर्वाचनमा मत माग्न मात्रै घरदैलामा जानुपथ्र्यो भने यसपालिदेखि निर्वाचनपछि पनि घरदैलो हुन थाल्यो । राजनीतिक अभ्यास जसरी परिवर्तन हँुदैछ, सत्ताले गर्ने काम पनि परिवर्तन हुन्छ । पहिले नेता साइरन बजाएर आउँथे, त्यसलाई सान मानिन्थ्यो । अहिले त्यो नबजाइदिँदा राम्रो मान्छौँ । राजनीतिकर्मीलाई बुझ्ने भावनामा पनि परिवर्तन हँुदैछ । नागरिकको समस्या कसरी सुधार्ने भन्ने विषयमा ध्यान दिनुपर्छ । नागरिकता प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र र राहदानी लिन लाइनमा बस्दा प्रहरीको कुटाइ खाइएन भने पनि मान्छे खुसी हुन्छन् । मतदाताका माग ठूलो छैन । सामान्य दिनचर्यासँग जोडिएका आधारभूत विषयवस्तु छन् । उनीहरूलाई सपनाको ठूलो महल देखाएर राजनीति गर्ने होइन, ससाना सेवा प्रवाह गरे पुग्छ । मतदाताको माग त्यो हो ।
यहाँको दललाई प्राप्त जनमतलाई यहाँले कसरी लिनुभएको छ ?
पछिल्लो निर्वाचनको नतिजा भनेको मुख्य शक्तिबाट निराश भएर हामीतर्फ पोखिएको अभिमत हो । ग्राउन्डमा रहेका खेलाडीले राम्रो प्रदर्शन गर्न नसकेपछि दर्शकले मैदानबाहिर सिटमा बसेका हामीलाई पालो दिनुभएको हो । म्यानेजरका रूपमा रहेका मतदाताले हामीले पनि राम्रो गरेनौँ भने परिवर्तन गरिदिन्छन् । युवा, नयाँ पुस्ता हामीसँग हुनुहुन्छ । जितेर आएका पनि डाक्टर, वकिल, इन्जिनियर, पिएचडी होल्डर, टेलिभिजनमा देखिएका नयाँ अनुहार छन् ।
रास्वपाले सरकारमा जान अलि हतारो ग¥यो, स्थायित्व प्राप्त गर्न अप्ठेरो पर्छ कि भन्ने चिन्ता गरेका मतदातालाई यहाँको केही सन्देश छ कि ?
कसैले हाम्राबारेमा चिन्ता गर्दै हुनुहुन्छ भने उहाँहरूलाई हामीले धन्यवाद दिनुपर्छ । सरकारमा रही लामो अभ्यास गरेका दल र नेताको चेपुवामा परिन्छ कि भन्ने डर निर्वाचन देखिकै हो । पुराना राजनीतिकर्मीलाई एउटा कुरामा यसकारण धन्यवाद दिनुपर्छ कि उहाँहरूले हामीलाई राजनीति गर्न सक्ने मैदान उपलब्ध गराइदिनुभयो । उहाँहरूले राणा र पञ्चायतविरुद्ध आन्दोलन नगरिदिएको भए अहिले हामी राजनीतिक विश्लेषण र छलफल गर्ने अवस्थामा पुग्दैनथ्यौँ होला । हामीले अब उत्तर र दक्षिणका कित्तामा नअल्मलिई दुवैलाई विश्वासमा लिएर राजनीति गर्नुपर्छ । नयाँ अवधारणा, नयाँ संस्कार र नयाँ परिवेशसहितको चुनौती लिएर देश र जनताको सेवाका लागि हामी राजनीतिक मैदानमा काम गर्न आएका छौँ । रासस
Add Comment