हत्यामा संलग्न रहेको अभियोगमा पक्राउ

काठमाडौँ । अर्घाखाँचीको शितगंगा नगरपालिका-१० बस्ने ६० वर्षीया राधा थापाको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही नगरपालीका -१० बोरखोर बस्ने भारत नई पालम बिहार गुडगाँव हरियाणा घर भएका २३ वर्षीय सुशान्त सिंह रहेका छन् । सिद्धारा बोखोरस्थित जंगलमा आइतबार बिहान टाउकोमा गहिरो चोट लागेको अवस्थामा राधा थापाको शव फेला परेको थियो ।

अनुसन्धानको क्रममा ईलाका प्रहरी कार्यालय ठाडाबाट खटिएको प्रहरीले घटनामा संलग्न सिंहलाई शितगंगानगरपालिका-११ मुन्द्रीबासस्थित जंगलमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको बताए । अनुसन्धानको क्रममा राधाले लगाएको सुनका गरगहना लुट्ने योजना बनाई सिंहले आइतबार बिहान महिला दुध लिन गएको अवस्थामा ढुंगा र हँसिया प्रहार गरी हत्या गरेको खुल्न आएको बताएका छन् ।

उपर जिल्ला अदालत अर्घाखाँचीबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएका छन् ।