जनता समाजवादी पार्टीले सत्ता सहकार्यका लागि बनायो वार्ता समिति

काठमाडौँ । जनता समाजवादी पार्टीले विभिन्न दल तथा संगठनसँग एकता, सहकार्यका लागि राजकुमार श्रेष्ठको संयोजनमा वार्ता समिति गठन गरेका छन् ।

यसैगरी मंगलबार बसेको राजनीतिक समितिको बैठकले यो निर्णय गरेको बताएका छन् । श्रेष्ठको संयोजनमा बनेको समिति सदस्यमा रकम चेम्जोङ र गोविन्द चौधरी रहेका छन् । जसपा प्रवक्ता मनिषका अनुसार सत्ता गठबनधनसँग सम्बन्धित वार्ता यही समितिले गर्ने जानकारी दिएका छन् ।

जसपाले माघ मसान्तभित्र पार्टीका निष्क्रिय संगठनलाई क्रियाशील बनाउने निर्णय गरेको बताएका छन् ।सम्पन्न निर्वाचनमा आधिकारीक उम्मेदवारविरुद्व उम्मेदवारी दिने, अन्तरघात गर्ने लगायतका विषयमा छानबिन गर्न शिवलाल थापा मगरको संयोजनमा ५ सदस्यीय समिति गठन गरेको जानकारी दिएका छन् ।

माघ मसान्तसम्म रिपोर्ट बुझाउने गरी मगरको संयोजनमा देवबहादुर दुरा, बालकिशोर यादव, अशोक लगरवार र प्रमिला यादव सदस्य रहेकी छिन् । पार्टी अध्यक्ष उपेन्द्र यादवको संयोजनमा विधान मस्यौदा समिति पनि गठन गरेका छन्।

यसैगरी अध्यक्ष यादवको संयोजनमा राजेन्द्र श्रेष्ठ, रकम चेम्जोङ, शुशिला श्रेष्ठ, शिवलाल थापा मगर, लालबाबु राउत, दिपेन्द्र झा, दीपक राई, पंचलाल महर्जन, विरेन्द्र ठाकुर र भगवती सुवेदी सदस्य रहेका छन् ।