प्रधानमन्त्री दाहाल र राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच भेटवार्ता भएको छ ।

आज भएको भेटमा राष्ट्रियसभामा रिक्त उपाध्यक्ष पदको र रिक्त १ संसद्को चुनावका विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जानकारी दिएका छन् ।

उपनिर्वाचनको लागि निर्वाचन आयोगले माघ २४ गतेका लागि मिति प्रस्ताव गरेको सन्दर्भमा प्रधानमन्त्री र राष्ट्रिय सभा अध्यक्षबीच भेटवार्ता भएको बताएका छन् ।

यसैगरी कोरला नाकामा भन्सारको लागि आवश्यक पूर्वाधार निर्माणमा बजेट विनियोजन गरी पूर्वाधार निर्माण गर्नसाथ राष्ट्रिय सभाबाट पारित ५ वटा विधेयकका विषयमा पनि छलफल भएको जानकारी दिएका छन् ।