काठमाडौँ । रामेछापमाको वाग्मती प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । नेपाल खेलकुद महासङ्घ वाग्मती प्रदेश कमिटीले प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको बताएका छन् .
प्रतियोगिता आगामी माघ ४ देखि ७ गतेसम्म सदरमुकाम मन्थलीमा हुन लागेको महासङ्घका बाग्मती प्रदेश अध्यक्ष सीताराम कार्कीले जानकारी दिएका छन्। खेलकुद नागरिकको मौलिक अधिकार, समृद्धिका लागि जनस्वास्थ्य हाम्रो सरोकार’ भन्ने मूल नाराका साथ प्रतियोगिता आयोजना गर्न लागिएको कार्कीले बताएका छन् । प्रतियोगितामा प्रदेशका १३ वटै जिल्लाका टोलीले भाग लिने उनले बताए ।
प्रतियोगितामा प्रथम हुने टोलीले २ लाख, शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछ । त्यस्तै द्वितीय, तृतीय र चौथो हुनेले १ लाख, ५० हजार र ३० हजार पुरस्कार, सिल्ड, मेडल र प्रमाणपत्र पाउने जानकारी दिएका छन् ।
Add Comment