काठमाडाैँ । छोरा र ज्वाइँको मिलेमतोमा धानुक दासको हत्या भएको खुलन अाएकाे छ । धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–२ का धानुक दासको हत्यामा उनकै छोरा र ज्वाइँको संलग्नता रहेको पाइएको छ ।
४० वर्षीय मोटर मिस्त्री दासको गत पुस ९ गते शनिबार साँझ आफ्नै ग्यारेजमा गोली प्रहार गरी हत्या गरिएको थियो ।दासको हत्यामा संलग्न रहेको आरोपमा धनुषा प्रहरीले उनका छोरा र ज्वाइँसहित ३ जनालाई पक्राउ गरेको छ भने एकजना अझै फरार छन् ।
दासको हत्यामा संलग्न रहेको आरोपमा दासका छोरा प्रदीप दास, ज्वाइँ उदय दास र नगराईन नगरपालिकास्थित जटहीका सुटर रञ्जित यादवलाई प्रहरीले पक्राउ गरेको हो । मृतक धानुक दासका ज्वाइँ उदय दास मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका चालक हुन् । तीनैजनालाई प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको संयुक्त टोलीले पक्राउ गरेको हो ।
घटनामा संलग्न भारत बिहारको खजुली बस्ने आकाश भनिने सोनु मिश्रा फरार रहेको प्रहरीले जानकारी दिएकाे छ । घरमा सम्पत्तिको विवादमा कुरा नमिल्दा छोरा र ज्वाइँ मिलेर उनको हत्याको योजना बुनेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो ।
प्रहरी स्रोतका अनुसार सुटरहरुलाई दुई पटकमा गरी ३ लाख रुपैयाँ दिइसकिएको र २ लाख रुपैयाँ दिन बाँकी रहेको जानकारी दिएकाे छ । छोरा प्रदीपले नै ५ लाख रुपैयाँमा सुटरसंग डिल गरेर हत्या गराउन लगाएको प्रहरी स्रोतको दावी छ ।
Add Comment