बालुवाटारमा सत्ता साझेदार दलका शीर्ष नेताको बैठक सुरु

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक भर्खरै सुरु भएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिएका छन् ।

बैठकमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, गृहमन्त्री एवम् राष्ट्रीय प्रजातन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनमत पार्टीका अध्यक्ष डा। सिके राउत लगायतका नेता सहभागी रहेका छन् ।

प्रधानमन्त्री प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष यादवबीच आइतबार छलफल भएको थियो। प्रधानमन्त्री दाहालले पुस २६ गते विश्वासको मत लिने बताएका छन् ।

विश्वासको मत लिनुअघि सरकार सञ्चालनलगायत आगामी कदमबारे सत्ता गठबन्धनका शीर्ष नेताबीच निरन्तर छलफल हुँदै आएको जानकारी दिएका छन् ।