‘ह्यारीकी प्यारी’को ट्रेलर सार्वजनिक

काठमाडौँ । जितु नेपाल र साम्राज्ञी शाह अभिनीत फिल्म ‘ह्यारीकी प्यारी’को ट्रेलर सार्वजनिक भएको छ । फिल्म माघ २० गतेबाट प्रदर्शन हुने तयारीमा रहेको छ ।

फिल्ममा कलाकार जितु नेपाल, अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र कलाकार विजय बराललाई मुख्य भूमिकामा रहेको बताएका छन् । । बिआर प्रोडक्सनकको प्रस्तुतिमा निर्माण भएको फिल्मका निर्देशक कपिल रिजाल , सुदीप बरालको छायाङ्कन र अर्जुन जिसीको सम्पादन रहेका छन् ।

यसैगरी फिल्मको ट्रेलरमा हरि पात्रबाट ुह्यारीु बनेका व्यक्तिको सङ्घर्षलाई देखाएको छन् । फिल्म नेपालीसहित हिन्दी, बङ्गाली, पन्जाबी र मराठी भाषामासमेत प्रदर्शन हुने बताएका छन् ।