स्वास्थ्यकर्मीले पाँच महिनादेखि तलब पाएनन्

काठमाडौँ । धुवाधुलो र चिसो खेपेर सीमा क्षेत्रमा दिनरात खटिरहेका वीरगञ्जको इन्र्वास्थित हेल्थ डेक्समा कार्यरत १३ जना स्वास्थ्यकर्मीहरुले ५ महिनादेखि पारिश्रमिक नपाएको बताएका छन् ।

हात खुट्टा कठयाङ्ग्रिने अहिलेको चिसोको बेलासमेत आमनेपालीको स्वास्थ्यलाई जोगाउन सीमा क्षेत्रमा चौविसै घण्टा खटिरेहका स्वास्थ्यकर्मी तथा कर्मचारीलाई ५महिनाभन्दा बढी समयदेखि तलब नदिएको हेल्थ डेक्स इन्र्चाज डा अनिषा महतोले गुनासो गरेका छन् ।

उनले एक मेडिकल अफिसर, ३ हेल्थ असिसटेन, २ जना स्टाफ नर्स, पाँच जना ल्याब टेक्निसियन र २ कार्यालय सहयोगिको महानगरपालिकाले साउनदेखि नै तलब नपठाकाले आफूहरूलाई ठूलो समस्या परेको बताएका छन् ।

वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहसँग बुभ्mदा उनले हेल्थ डेक्समा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीको तलब सुविधा सङ्घ सरकारले मधेस प्रदेश सरकारलाई पठाएको र प्रदेश सरकारले उक्त रकम महानगरपालिकालाई नपठाएकाले वितरण गर्न नसकिएको जानकारी दिएका छन् ।

उनले प्रदेश सरकारको स्वास्थ्य सचिवलाई मौखिक तथा लिखित रुपमा तलब पठाउन पटकपटक आग्रह गर्दा हालसम्म कुनै सुनुवाइ नभएकाले समस्या देखिएको बताए ।