दृष्टि’ बोलको म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ । युवा गायक रोनित खालिङ राईको स्वरमा समावेश ‘दृष्टि’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

पप शैलीको रहेको गीतको गायक राई, पेम्बा र आकाशले मिलेर लेखेका छन् । गीतमा पेम्बा र आकाशले सङ्गीत संयोजन गरेका छन भने ग्रे म्याटर फिल्म्स्को प्रस्तुति रहेको गीतमा स्वयं गायक रोनित र तेन्जिन डोल्मा वज्राचार्य फिचर्डको भुमिका रहेको बताएका छन् ।

विकास रञ्जितकारको छायाङ्कन र सम्पादन रहेको गीतको भिडियो दिवेज शाहले निर्देशन गरेका छन् । गायक राईको युट्युब च्यानल ‘रोनित खालिङ राई अफिसियल’मार्फत भिडियो सार्वजनिक गरेको जानकारी दिएका छन् ।