मधेश प्रदेशको मुख्यमन्त्रीमा जसपा नेता यादव नियुक्त

काठमाडौँ । जनता समाजवादी पार्टी जसपा मधेश प्रदेश संसदीय दलका नेता सरोजकुमार यादव मुख्यमन्त्री नियुक्त भएका छन् ।

प्रदेश प्रमुख हरिशङ्कर मिश्रले नेपालको संविधानको धारा १६८ ९२० बमोजिम यादवलाई आज मुख्यमन्त्री नियुक्त गरेका हुन् । सत्ता गठबन्धन दल र २ स्वतन्त्र सांसद गरी ६३ जनाको समर्थनमा यादवले आज नै मुख्यमन्त्रीमा दाबी पेस गर।ेका थिए ।

नेता यादवलाई नेकपा एमाले २३०, जसपा १६०, जनमत पार्टी १३०, माओवादी केन्द्र ८, राप्रपा र नागरिक उन्मुक्ति पार्टी १÷१ सहित २ जना स्वतन्त्र सांसदको समर्थन रहेको बताएका छन् । समर्थन गर्ने स्वतन्त्र सांसदहरुमा सुरिता कुमारी साह र अनिरुद्रकुमार सिंह रहेका छन् । मधेश प्रदेशसभामा ६ जना स्वतन्त्र रहको बताए।

सरकार गठनको दाबी पेस गर्न बिहीबार दिउँसो ४ बजेसम्मको समयसीमा भए पनि प्रदेश प्रमुख मिश्रले यादवलाई आजै मुख्यमन्त्री नियुक्त गरेका छन् ।