चलचित्र ‘छड्के २’को एक गीतमा र्‍यापर भिटेनको स्वर

काठमाडौँ । चलचित्र ‘छड्के २’को एक गीतमा र्‍यापर भिटेनले स्वर दिएका छन् । गीतको शब्द रचना तथा सङ्गीत पनि भिटेन स्वयंले तयार पारेका हुन् ।

सो चलचित्र फागुन १९ बाट प्रदर्शन हुने भएको छ । आफूहरूले भिटेनको गीत चलचित्रमा समावेश गरेको निर्माता प्रशान्त गिरीले बताएका छन् ।अनमोल केसीको मुख्य भूमिका रहेको चलचित्र ग्याङस्टार जनरामा निर्माण भएको बताएका छन् ।

चलचित्रमा अनमोलको भिन्न लुक्स देख्न सकिन्छ । निगम श्रेष्ठको लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्रमा रोविन तामाङ, कमलमणि नेपाल, सिर्जना सुब्बा, रेशा आलेमगर मुख्य भूमिकामा रहेको छ । चलचित्रको निर्मातामा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ रहेका छन् ।

यर्सैगरी कार्यकारी निर्मातामा निर्भाना फिल्म स्कुल र लक्ष्मण काफ्ले रहेको जानकारी दिएका छन् ।