प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच छलफल जारी

काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा छलफल जारी छ । प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले दिउँसो ४ बजेदेखि उनीहरुबीच छलफल भइरहेको जानकारी दिएकाे छ  ।

शर्माले भने, “उनीहरुबीच दिउँसो ४ बजेदेखि छलफल जारी रहेको हो ।” प्रधानमन्त्री दाहाल र अध्यक्ष  ओलीबीच  सरकार सञ्चालन तथा समसामयिक राजनीति विषयमा छलफल हुँदै आएको छ ।

बुधबार साँझ प्रधानमन्त्री प्रचण्ड भेटवार्ताका लागि एमाले अध्यक्ष ओली निवास बालकोट पुगेका थिए ।  सरकारले विश्वासको मत पाएपछि मन्त्रिपरिषद् विस्तारको विषयमा शीर्ष नेता र सत्ता गठबन्धनका दलबीच छलफल हुँदै आएको छ ।