क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेश

काठमाडौँ । काठमाडौं जिल्ला अदालतको नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने रिहा गर्ने आदेश दिएको छ । सन्दीपलाई २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको उच्च अदालत पाटनका रजिस्टार ठगिन्द्र कट्टेलले जानकारी दिएका छन् ।

पुर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेशलाई बिहीबार उच्च अदालत पाटनले उल्ट्याउँदै सन्दीपलाई रिहा गर्न आदेश दिएका छन् ।

उच्च अदालत न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको इजलासले जिल्ला अदालतको आदेश उल्ट्याउँदै सन्दीपलाई रिहा गर्न आदेश दिएको बताएका छन् ।