स्कुटर दुर्घटनामा तीनको मृत्यु

काठमाडौँ । मकवानपुरको मनहरिमा गए राति स्कुटर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरि गाउँपालिका–८ सिमपानीका ३२ वर्षीय धर्मराज मोक्तान, ३० वर्षीय मिलन मोक्तान र राक्सिराङ गाउँपालिका–३ लावतीका ३२ वर्षीय रुपेश तामाङ रहेका छन् ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत मनहरि गाउँपालिका–९ ज्यामिरे भलादमीचोकमा ना३९प १४३९ नंको स्कुटर दुर्घटना हुँदा तीनै जनाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाइते उनीहरूको चितवनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।