सुनको मूल्य बढ्यो

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबारको तुलनामा प्रतितोला ५ सयले बढेर १ लाख ३ हजार ९ सयमा कारोबार भएको छ । सुन हिजो प्रतितोला १ लाख ३ हजार ४ सयमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ४ सयमा कारोबार भएको छ । अघिल्लो दिन १ लाख २ हजार ९ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ५ ले घटेर १ हजार ३ सय ६५ कायम भएको महासङ्घले जानकारी दिएका छन् ।