मन्त्री श्रेष्ठद्धारा सडक अनुगमन

काठमाडौँ । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले ललितपुरको भैंसेपाटी सडकखण्डको अवलोकन गरेका छन् । उनले भने विकास निर्माणका काममा सरकार तमासा हेरेर नबस्ने बताए । शुक्रबार भैंसेपाटी सडकखण्डको अवलोकन गदै यस्तो बताएका हुन् ।

मन्त्री श्रेष्ठले विकास निर्माणका लागि नेपाल विद्युत प्राधिकरण, खानेपानी, मेलम्ची आयोजना, दूरसञ्चार र सडक विभाग सबै मिलेर काम गर्नुपर्ने आवश्यक रहेको धारणा औंल्याए । उनले समन्वयको कमी र आफ्नो जिम्मेवारी बोध गर्न नसक्दा यसअघि विकास निर्माणको क्षेत्रमा देशले आवश्यक काम गर्न नसकेको भन्नुहुँदै अब सरकारले विकास निर्माणमा तमासा हेरेर नबस्ने बताए ।

सबै निकायहरु जस्तो नेपाल विद्युत प्राधिकरण, खानेपानी, मेलम्ची आयोजना, दूरसञ्चार र सडक विभाग सबै मिलेर काम गर्नुपर्ने आवश्यक रहेको बताए । समन्वय र सबैले आफ्नो जिम्मेवारी समयमा नै पूरा नगरेको कारण समस्या देखापरेको हो ।

काठमाडौं उपत्यकाका सडकहरु मन्त्रालयअन्तर्गतका मात्रै छैनन्, महानगरका पनि कतिपय सडक छन्, उच्चस्तरीय बागमती सभ्यताअन्तर्गतका छन । सबैसँग समन्वय गरेर सडकका समस्या समाधान गर्ने, सडक चुस्तदुरुस्त बनाउने र पैदलयात्री हिँड्ने बाटो ठिक ढङ्गले अघि बढाउने योजनामा काम गर्न खोजिरहेका छौँ ।’’ आफ्नो पहिलो प्राथमिकता नागरिकलाई भयरहीत सडकमा यात्रा गराउने रहेको र त्यसका लागि आफूले काम सुरु गरिसकेको उनको भनाइ छ ।

‘‘प्रत्येक महिनाको दोस्रो हप्ताको शुक्र‘बार २ बजे सबै सम्बन्धित निकायका प्रमुख नै बसेर समस्याका समाधानका लागि छलफल गर्ने निर्णय भएको छ । केही समय अझै लाग्छ । राज्यका निकायहरु जनताले तिरेको करबाट हामीले सेवा, सुविधा लिइरहेका छौँ । कतैबाट हेलचेक्र्याँइ र कमजोरी भएको छ भने छुट दिनेछैनौँ । प्रभावकारी ढङ्गले कार्यान्वयन गरिन्छ । सकारात्मक गुणात्मक हस्तक्षेप हुन्छन् ।,’’ मन्त्री श्रेष्ठले भने, ‘‘तमासा हेरेर बस्ने स्थिति छैन । अप्ठ्यारो छ, जनताले दुःख पाएका छन्, विकास निर्माणको अनुभूति गर्न पाएका छैनन् । तर, पनि यस्तै हो भन्ने हुँदैन, सकारात्मक गुणात्मक हस्तक्षेप गरिन्छ, सबैलाई जिम्मेवारी बोध गराएर समन्वयात्मक ढङ्गले काम हुन्छ । गैर जिम्मेवारी काम गर्नेहरुलाई कारबाहीको प्रक्रियामा हामी जान्छौँ ।’’

सडकका समस्या समाधानका लागि अझै केही समय लाग्ने भए पनि जनतालाई सेवा दिने कुरामा कतैबाट हेलचेक्र्याँइ र कमजोरी भएको खण्डमा सरकारले छुट नदिने बताए । मन्त्री श्रेष्ठका अनुसार सरकारले बनाएका नीति नियमको प्रभावकारी कार्यान्वयन गर्न लाग्ने र सकारात्मक गुणात्मक हस्तक्षेप हुने छ ।

उनले सबैलाई जिम्मेवारी बोध गराएर समन्वयात्मक ढङ्गले काम गरिने बताउदै गैर जिम्मेवारी काम गर्नेहरुलाई कारबाहीको प्रक्रियामा जान सरकार नहिच्किचाउने पनि बताए ।