राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौं। सङ्घीय संसदअन्तर्गत आज (शुक्रबार) राष्ट्रिय सभाको बैठक बस्दै छ । बैठक दिउँसो १ बजे १ मिनेटमा सुरु हुने सङ्घीय सचिवालयले जनाएको छ ।

सङ्घीय संसदको महासचिव डा। भरतराज गौतमले आजको बैठकमा सङ्घीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिका संयोजक खिमलाल देवकोटाले सङ्घीयता कार्यान्वयन, अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रतिवेदन र सातै प्रदेशका प्रदेशगत प्रतिवेदनहरु सभा समक्ष पेस गर्नुहुने कार्यसूची रहेको जानकारी दिनुभयो । गोरखापत्र