मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

काठमाडौँ । दाङमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

आज बिहान दाङको घोराही उपमहानगरपालिका सर्रा सौडियार सडक खण्ड अन्तरगत बेसाहीमा आफैँ चलाएको रा ५ प ९५१४ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको बताएका छन् ।

मृत्यु हुनेमा घोराही उपमहानगरपालिका बस्ने १६ लेटार निवासी मोटरसाइकल चालक २१ वर्षीय सुशील चौधरी र मोटर साइकल चालक सोही ठाउँ निवासी १८ वर्षीय विवेक चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता एवं डिएसपी राजन गौतमले जानकारी दिएका छन् ।

दुर्घटनामा गम्भीर घाइते दुवैको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको प्रवक्ता एवं डिएसपी राजन गौतमले जानकारी दिए । उनका अनुसार दुर्घटनामा मृत्यु भएका दुवै जनाको हात, खुट्टा र टाउकोमा गम्भीर चोट लागेको थियो ।

यसैगरी मृतकको शव पोस्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा राखिएको प्रहरी जानकारी दिएको छ ।