विमान दुर्घटनामा परेका थप १ जनाको शव भेटियो

काठमाडौँ । यती एयरको विमान दुर्घटनामा परेका थप १ जनाको शव भेटिएको छ ।

सोमबार दिउँसो सेती खोंचबाट थप एकजनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय प्रमुख अजय केसीले जनकारी दिएका छन् । दुर्घटनामा परेका मध्ये ६९ जनाको शव फेला परेको बताएका छन् । अझै ३ जना वेपत्ता रहेको जानकारी दिएका छन् ।

काठमाडौंबाट पोखरा आउँदै गरेको यती एयरको विमान आइतबार पोखराको सेती नदी खोंचमा खसेको थियो ।