शव दिन ढिलाइ भएको भन्दै मृतकका आफन्तहरु आक्रोशित

काठमाडौँ । यति एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकाहरुको शव दिन ढिलाइ भएको भन्दै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृतकका आफन्त आक्रोशित भएका छन् ।

२४ घण्टा बितिसक्दा समेत शव बुझ्न नपाएको भन्दै मृतकका आफन्त आक्रोशित भएका हुन् ।सोमबार दिउँसोबाट विमानमा दुर्घटना भएकाको पहिचानका लागि पोस्टमार्टमको काम सुरु भएको हो । यो समाचार तयार पार्दासम्म ३ वटा शवको पोस्टमार्टम भएको बताएका छन् ।

पोखरा र काठमाडौंका विज्ञ चिकित्सकसहितको टिमले पोस्टमार्टमको कार्य सुरु गरेको र अस्पतालले पहिचान भएका र पोस्टमार्टम भएका शव आफन्तलाई नदिएको जानकारी दिएका छन् ।