पहिरोमा पुरीएर आमा छोरीको मृत्यु, ५ जना घाइते

काठमाडौं, श्रावण । बाजुराको गौमुल गाँउपालिका ६ बसालामा गएराति पहिरोले पुरेर आमा छोरीको मृत्यु भएको छ । पहिरोका कारण अन्य ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख उद्यव सिंह भाटले बताए । सुतिरहेको बेलामा घर माथिबाट राति पहिरो आएपछि ३० वर्षीया निरुता चदारा र उनकी ६ वर्षीया छोरी किशु चदाराको मृत्यु भएको हो ।

घाइते मध्ये ९५ वर्षीय जंग चदाराको अबस्था गम्भिर रहेको स्थानियले जानकारी दिएका छन् । उनको गौमुल गाउँपालिकाको शहरि स्वास्थ्य इकाइमा उपचार भइरहेको छ ।प्रमुख जिल्ला अधिकारी गंगा प्रसाद न्यौपानेका अनुसार घटनाबारे गएराति १ बजे खबर आएको थियो । खवर थाहा पाउनासाथ राति नै प्रहरी खटाइएको छ ।