टेलिकमको सेवा अबरुद्ध

काठमाडौँ । नेपाल टेलिकमको नेटवर्कमा समस्या देखिएको छ । केही बेर अघिदेखि फोन नलाग्ने, एसएमएस नजाने तथा डेटा समेत नचल्ने समस्या उत्पन्न भएको छ ।

कम्पनीको ल्यान्डलाइन, प्रिपेड तथा पोस्टपेड फोनसहित अन्य सेवामा समेत समस्या देखिएको छ । टेलिकमको बेवसाइट पनि खुल्न नसकेको बताएका छन् ।

आज दिउँसो १२ बजेदेखि नेटवर्कमा समस्या देखिएको गुनासो उपभोक्ताहरुले सामाजिक सञ्जालमा गरिरहेका छन् । तर यस विषयमा नेपाल टेलिकमले भने कुनै आधिकारिक जानकारी दिएको छैन ।