युकेमा डेढ महिनादेखि बेपत्ता पुनको शव फेला

काठमाडौँ । बेलायतमा डिसेम्बर १ देखि हराइरहेका नेपाली युवा किरण पुनको शव प्रहरीले फेला पारेको छ ।

बेलायतको ह्याम्पसायर प्रहरीले सोमबार दिएको जानकारी अनुसार ३६ वर्षीय पुनको शव ब्रिक फिल्ड्स कन्ट्री पार्क अल्डरसटमा आइतबार करिब दिउँसो ३ आसपासमा फेला परेको बताएका थिए ।

डिसेम्बर १ तारिख साँझ ७ः३८ बजे अल्ट्रासटको इन्टपार्क सडकमा अन्तिम पटक देखिएको र त्यसपछि वेपत्ता भएका पुनको खोजीमा बेलायत प्रहरीले डेढमहिना बिताएको उल्लेख गरेका छन् । ह्याम्पसायरस्थित जघन्य अपराध शाखाका प्रमुख आडम इडवार्डसले किरणलाई के भएको थियो भन्नेबारे बुझ्न र उहाँको परिवारलाई यो दुःखद क्षणबारे जवाफ दिन प्रहरी प्रशासनले मेहनत गरिरहेको बताएका छन् ।

प्रहरी औपचारिक रुपमा शव किरणको भए नभएको पहिचान हुन बाँकी भए पनि किरणकै हुनसक्ने अनुमान गरेको र प्रहरीले परिवारलाई यसबारेमा जानकारी दिएको छ ।

परिवारलाई प्रहरीका विशेष दक्षता भएका अधिकृतले सहयोग गरिररहेको बताए । प्रहरीले धटनास्थलका वरिपरीका धरमा आफ्नो टीम पठाएर धटनाबारे स्थानीयसँग कुनै प्रमाण वा अन्य कुनै जानकारी भए लिने पनि ह्याम्पसायर प्रहरीले बताएको छ ।

यसका साथै घटनाबारे कोही कसैलाई केही जानकारी भए प्रहरीको आपतकालीन सेवामा सञ्चालित १०१ मा फोन गरी बताइदिन अनुरोध पनि गरेका छन् ।