नेपथ्यले अस्ट्रेलियाको साङ्गीतिक यात्रा प्रस्तुत गर्दै

काठमाडौँ । लोकरक ब्यान्ड नेपथ्यले अस्ट्रेलियाको साङ्गीतिक यात्रा गर्ने भएको छ। यात्रामा नेपथ्यले आठ सहरमा आफूलाई प्रस्तुत गर्दै छ।

नेपथ्य ‘म्युजिक फर ह्युम्यानिटी’ अस्ट्रेलिया टुर २०२३ नाम दिइएको साङ्गीतिक यात्रा डार्बिनस्थित ‘इन्टरटेनमेन्ट सेन्टर’बाट प्रारम्भ हुने भएको छ। चौथो प्रस्तुतिका लागि अस्ट्रेलियाकै केन्द्रीय राजधानी क्यानबेरामा पुग्ने बताएका छन् ।

नेपथ्यको यात्रा धेरै प्रशंसकले भरिएको सहर सिड्नीको हुने र सिड्नीपछि नेपथ्यको यात्रा ‘भिक्टोरिया’ राज्यतर्फको हुने भएको छ।तास्मानियामा अन्तिम कन्सर्टको निम्ति नेपथ्य पुग्ने बताए ।

नेपथ्यको अस्ट्रेलिया यात्राका लागि ६ जना सङ्गीतकर्मीसहित प्राविधिक एवं व्यवस्थापक गरेर १३ सदस्यीय टोली आज त्यसतर्फ प्रस्थान गर्दै छन्।

यसैगरी गायक अमृतलाई यो यात्रामा पनि सधैँजस्तै ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, गितारमा नीरज गुरुङ, बेस गितारमा सुबिन शाक्य र मादलमा शान्ति रायमाझीले साथ दिने भएका छन् ।