कर्णालीका मुख्यमन्त्री शर्मा विश्वासको मत लिँदै

काठमाडौँ । कर्णाली प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्माले आज विश्वासको मत लिने भएका छन् । प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको छैटौं बैठकबाट उनले विश्वासको मत लिन लागेका हुन् ।

आज बस्न प्रदेशसभाको बैठकबाट शर्माले विश्वासको मत लिन मङ्गलबार नै प्रदेशसभा सचिवालयलाई जानकारी दिएका छन् । प्रदेशसभामा कायम रहेका ४० सदस्यमध्ये सभामुखबाहेक सबैले मुख्यमन्त्रीमाथि विश्वास छ वा छैन भन्ने मत दिने अधिकार हुन्छ ।

प्रदेशसभा सचिव जीवराज बुढाथोकीका अनुसार आज बिहान ११ः०० बजे सर्वदलीय बैठक बसेका छन् । बैठकको निर्णयबमोजिम विश्वासको मत लिने प्रयोजनका लागि आजै दिउसो १ः०० प्रदेशसभाको बैठक आह्वान हुने भएका छन् ।

प्रदेशसभामा नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका १० तथा नेकपा एकीकृत समाजवादी र राप्रपाका एक–एक, नेपाली कांग्रेसका १४ र १ स्वतन्त्र प्रदेशसभा सदस्य रहेका छन् ।