बागमतीमा मन्त्रीहरुको नाम टुंगियो, शपथ ग्रहण आजै

काठमाडौँ । आज बागमती प्रदेशको मन्त्रीहरुको टुंगो लागेको र शपथ ग्रहण आजै हुने भएको छ । प्रदेशमा एमाले ४, माओवादीले ४ र तथा राप्रपाले ३ मन्त्रालय पाउने सहमति भएअनुसार दलहरुले आ-आफ्ना मन्त्रीको नाम टुंगो लगाएका हुन् ।

नेकपा एमालेबाट मकवानपुरका एकालाल श्रेष्ठ श्रम रोजगार तथा यातायात, ललितपुरका रामेश्वर श्रेष्ठ स्वास्थ्य र काठमाडौंका केशवप्रसाद पोखरेल कृषि तथा पशुपन्छी विकास मन्त्री बन्ने भएको बताएका छन् ।

माओवादीबाट सिन्धुलीका गंगानारायण श्रेष्ठ आन्तरिक मामिला तथा कानून, सिन्धुपाल्चोकका युवराज दुलाल भौतिक पूर्वाधार विकास र मकवानपुरका कुमारी मोक्तान सामाजिक विकास मन्त्री बन्ने भएका छन् र माओवादी संसदीय दलका नेता शालिकराम जम्कट्टेल प्रदेश मुख्यमन्त्री छन् ।

यसैगरी राप्रपाबाट डम्बरबहादुर तामाङ उद्योग, पर्यटन र सहकारी मन्त्री र राजु बिष्ट वन तथा वातावरण मन्त्री बन्ने भएका छन् । राप्रपा संसदीय दलका नेता उद्धव थापा खानेपानी, ऊर्जा तथा सिंचाई मन्त्री बन्ने भएका छन् ।

नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण दिउँसो २ बजेलाई राखिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी दिएका छन् ।