आचार्यको परिवारसँग गृहमन्त्री लामिछानेको भेट

काठमाडौँ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले इलामका प्रेमप्रसाद आचार्यको परिवारसँग भेट गरेका छन् । बुधबार दिउँसो अस्पताल पुगेर गृहमन्त्री लामिछानेले आचार्यका परिवारलाई भेट कुराकानी गरेका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा सुसाइट नोट लेखेर इलाम पञ्चकन्या–६ का आचार्यले मङ्गलबार दिउँसो नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए । त्यसलगत्तै प्रहरीले उनीलाई कीर्तिपुरस्थित बर्न अस्पताल पुर्‍याएको थियो ।

आचार्यको शरीरको ८० प्रतिशतभन्दा बढी भाग जलको थियो । कीर्तिपुरस्थित बर्न अस्पतालको आईसीयूमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।