‘शरणार्थी’ भए नेपालका उपप्रधान तथा गृह मन्त्री लामिछाने

नेपाली राजनीतिमा दल स्थापना गरेको करीव छ महिनामा नै मुलुकको चौथो राजनीतिक दल बनाउन सफल भएका थिए राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने । उनले पार्टीलाई चौथो ठूलो राष्टिय दलका रुपमा स्थापित मात्र गरेनन् आफूलाई यो देशको उपप्रधान तथा गृहमन्त्री समेत बनाउन सफल भए ।

सायद यस्तो सफलता नेपाली राजनीतिमा न हिजो थियो न भोली हुने देखिन्छ । सञ्चारकर्मबाट राजनीतिकर्मतिर होमिएका रवि लामिछाने साउने भेल जस्तै आए र उनलाई नागरिकताको काण्डमा भेल जस्तै बगाउने काम पनि भयो ।

आम निर्वाचनमा चितवनबाट अत्यधिक मतले विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई उम्मेदवार हुँदा कसैले पनि विदेशी नागरिक हो त्यसकारण उम्मेदवारी खारेजी गर्नु पर्दछ भन्ने उजुरी थिएनन् । दावी विरोध नभएकै कारण उनी निर्वाचनमा उम्मेदवार बन्न सफल भए । लामिछानेको सञ्चार माध्यममा गरेको कामको मूल्यांकन निकै चर्चामा नै थियो । आत्महत्या दुरुत्साहत मुद्दा परेपछि लामिछाने चितवन जिल्ला कै कारागारमा थुनिए ।

लामिछानेलाई कारागार चलान गरेपछि चितवनवासीहरुले उनको समर्थनमा जुलुश नै निकाले । यति धेरै नागरिकहरुले उनको समर्थन गरेकी सायद विगतमा त्यस्तौ कुनै पनि व्यक्तिलाई भएको थिएन , तर रविले पाए ।

तत् पश्चात रविले आफूलाई स्वतन्त्र रुपमा राजनीतिमा सक्रिय गराउने प्रयास गरे । स्थानीय तहको निर्वाचनका काठमाडौं महानगरपालिकाको प्रमुखमा बालेन्द्र साह निर्वाचित भएपनि त्यही स्वतन्त्रको हुटहुटी रविमा पनि छायो । र आम निर्वाचनमा स्वतन्त्र रुपमा उठ्ने घोषणा नगरेका पनि होइनन ।

तर उनले आमनिर्वाचनमा स्वतन्त्र होइन कि स्वतन्त्र पार्टी भन्दै उम्मेदवारी दिए । उनको पार्टीको नामका बारेमा निकै चर्चा र वहश पनि चल्यो अन्त्यमा निर्वाचन आयोगले स्वतन्त्र पाटीलाई मान्यता दियो । फलस्वरुप स्वतन्त्र पार्टीको नाममा रविले देशभर घण्टी चिन्ह सहित प्रचार प्रसार पुगे र राम्रै मतले आफूले जिते, केही साथीहरुलाई जिताए । त्यत्रिमात्र होइन समानुपातिक तर्फ सम्मान जनक मत पनि ल्याए ।

निर्वाचनमा रवि चौथो राजनीतिक दलका रुपमा स्थापित भएपछि सरकार निर्माणको जोड घटाउनमा गठवन्धनमा निर्वाचन लगेको माओवादी, काग्रेस र समाजवादीको भागशान्ति नमिल्दा नयाँ वनेको गठवन्धनमा रविले उपप्रधानमन्त्री सहित गृह पाउने भएपनि विगतमा बुढालाई विश्राम भन्दै फलाक्दै हिडेपनि त्यही बुढाको पछि लागेर गृहमन्त्री बन्न सफल भए ।

हुन त उनी निर्वाचित भए पश्चात नै नेपाली नागरिक नभएकाले संसद पद खारेज गर्नका लागि सर्वोच्चमा रिट दायर भएको थियो ।उनकै नागरिकताको विवाद भईरहेका बेला उनी आफैले गृहमन्त्री बन्ने चाह गरे जुन सर्वत्र निन्दा समेत भयो । रविले गृहमन्त्री सहित उपप्रधानमन्त्री पद पाएपछि धेरैको निद हराम भने भएकै थियो । जसरी हुन्छ रविलाई सिध्याउने षडयन्त्रको तानावाना बुनिँदै थियो त्यो रविले भेउ नै पाउन सकेनन् ।

गृहमन्त्री भएपछि आफ्ना विरुद्ध भएका सवै काम तमाम गर्छु भन्ने रविको विश्वास थियो । जुन विश्वास सर्वोच्च अदालतको आदेशले छताछुल्ल बनाईदियो । सर्वोच्चले रवि लामिछाने नेपाली नागरिक नभएको फैसला गरेसँगै उनको पद सवै समाप्त भयो ।

सर्वोच्चको आदेश पछि रविको पद मात्र समाप्त भएको होइन । उनकै भनाईमा उनी अनागरिक बने । उनले भने जस्तै अमेरिकाको नागरिकता अर्थात ग्रिन कार्ड त्यागिसकेको भएन उनी अमेरिक नागरिक पनि भएनन् । अनि सर्वोच्चको आदेशले उनी नेपाली नागरिक होइन भन्ने प्रमाण पनि पुष्टि भईसक्यो । त्यसकारण उनी न नेपाली न अमेरिकन ।

यसको मतलव नेपालको इतिहासमा छोटो समयको राजनीतिबाट विशिष्ट पद उपप्रधान तथा गृहमन्त्री बनेका रवि लामिछाने नेपालमा जन्मिएर अमेरिकन ग्रिनकार्ड वोकेकै कारण शरणार्थी भएका छन् । शुुक्रबार सर्वोच्चले लामिछाने नेपाली नागरिक नभएको आदेश दिएपछि उनलाई अनागरिक भन्दा पनि नेपालमा शरणार्थीका रुपमा चित्रण गर्नु पर्ने देखिएको छ।