एसईई परीक्षा चैत १७ गतेदेखि

काठमाडौँ । एसईईको परीक्षा तालिका आज सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको यही माघ ११ गते बसेको बैठकको निर्णयअनुसार परीक्षा तालिका सार्वजनिक भएको हो ।

बोर्डका अनुसार आगामी चैत १७ देखि २९ गतेसम्म बिहान ८ देखि ११ बजेसम्म परीक्षा सञ्चालन हुने बताएका छन् ।