इरानको एउटा सैनिक इलाकामा विस्फोट

काठमाडौं । इरानको मध्य भागमा रहेको एउटा सैनिक इलाकामा विस्फोट भएको बताएका छन् । सञ्चार माध्यमका अनुसार इस्फहान शहरमा रहेको सेनाको हतियार निर्माण गर्ने एउटा केन्द्रमा विस्फोट भएको हो ।

रक्षा मन्त्रालयका अनुसार तीन वटा ड्रोनबाट आक्रमण भएको थियो । जसमध्येका २ वटा ड्रोनलाई एअर डिफेन्स सिस्टमले ध्वस्त गरिदिएको छ भने २ वटा ड्रोनलाई इराकी सुरक्षा अधिकारीले आफ्नो जालमा फसाएर ध्वस्त पारेको बताएका छन् ।

एउटा वर्कसपको छतमा सामान्य क्षति पुगेको र कुनै पनि जनधनको क्षति भएको छैन र परमाणु कार्यक्रम सञ्चालित इस्फहान शहरमा युरेनियम प्रशोधन केन्द्र समेत रहेको जानकारी दिएका छन् ।