नागरिकता लिन रवि लामिछाने जिल्ला प्रशासन पुगे

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका नेता रवि लामिछाने नेपाली नागरिकताको प्रमाणपत्र लिन जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेका छन् ।

बबरमहलस्थित कार्यालयमा नागरिकता प्राप्तिका लागि उनी लाममा देखिएका हुन् । उनका समर्थक पनि जिल्ला प्रशासन कार्यालय पुगेका छन् र जसका कारण जिल्ला प्रशासन कार्यालय काठमाडौंमा भीड भएको छ ।

उनले पहिला प्राप्त गरेको नेपाली नागरिकता अमेरिकाको नागरिकता प्राप्त भएपछि समाप्त भएको थियो ।

उनले नेपाल आएर अमेरिकी नागरिकता त्याग गरेको निस्सा जिल्ला प्रशासन कार्यालयमा नबुझाउँदा उनको प्रतिनिधि सभा सदस्यसमेत खारेज भएको थियो ।

नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट लामिछानेले पुन नागरिकता लिन सक्ने भन्दै फैसला भएपछि उनले नागरिकता दिन लागेका हुन् ।

नागरिकताकै विषयमा उनले गृहमन्त्री र उपप्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट उनको राजीनामा स्वीकृत भइसकेको बताएका छन् ।