कांग्रेस संसदीय दल कार्यसमितिको बैठक बस्दै

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको संसदीय दल कार्यसमितिको बैठक आज बस्दैछ ।

पार्टीका सभापति देउवाको निवास धुम्बाराहीस्थित केही बेरमा बस्ने बैठकमा संसदीय दलका नेता, प्रमुख सचेतक, सचेतक र दुई महामन्त्री सहभागी हुने छन् । राष्ट्रिय सभाका उपाध्यक्षको चुनावलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।

आगामी माघ २३ गते बस्ने राष्ट्रिय सभा बैठकले उपाध्यक्ष चयन गर्दैछ । राष्ट्रिय सभाका तत्कालीन उपाध्यक्ष शशीकला दाहालको कार्यकाल २०७८ फागुन २० गते सकिएको थियो ।

कांग्रेसले उम्मेदवारी दिनेरनदिने सम्बन्धनमा बिहीबारको बैठकले टुंगो लगाउने बताइएको छ । सत्ता गठबन्धनबाट माओवादी केन्द्रले राष्ट्रिय सभा उपाध्यक्षका लागि उम्मेदवारी दिने तयारी गरेको छ ।