चितवन क्षेत्र नं.२ मा वैशाख १० गते उपचिर्वाचन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निर्वाचित भएको चितवनको क्षेत्र नं.२ मा निर्वाचन आयोगले वैशाख १० गते उपनिर्वाचन गर्ने भएको छ । लामिछानेको नागरिकता प्रकरणमा सर्वोच्च अदालतले नागरिकता अवैध भएको निर्णय सँगै उनको सवै पद निलम्वनमा परेको थियो । नागरिक अवैध भएको निर्णयसँग सांसद पद समेत गुमेपछि सो क्षेत्रमा रिक्त रहेको सांसद पदका लागि आगामी वैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय निर्वाचन आयोगको आइतबार बसेको वैठकले गरेको थियो ।

नेपालको संविधानको धारा ८४ को उपधारा ७ मा प्रतिनिधि सभाको कार्यकाल ६ महिनाभन्दा बढी बाँकी छँदै कुनै सदस्यको स्थान रिक्त भएमा त्यस्तो स्थान जुन निर्वाचन प्रणालीबाट पूर्ति भएको थियो सोही प्रक्रियाद्वारा पूर्ति गरिनेछ भन्ने व्यवस्था रहेको छ । साथै प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ ले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत निर्वाचित कुनै सदस्यको पद प्रतिनिधि सभाको अवधि ६ महिनाभन्दा बढी कायम रहँदै कुनै कारणले रिक्त भएमा आयोगले तोकेको मितिमा त्यस्तो रिक्त सदस्यको पद उपनिर्वाचनद्वारा पूर्ति गरिने व्यवस्था छ ।