जेल चलान भएका ३ जना ५ हजार धरौटी बुझाएर छुटे

काठमाडौं । गएको मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरूद्ध नाराबाजी गर्दा जेल चलान भएका ३ जना ५ हजार धरौटी बुझाएर छुटेका छन्।

पक्राउ परेको एक हप्तापछि आज ९मंगलबार० जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ५ हजार रुपैयाँ धरौटी तिरेर उनीहरू जेलबाट रिहा भएका हुन् ।

पक्राउ परेर जेलबाट रिहा हुनेहरुमा सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बझाङका १८ वर्षीय विप्लव खड्का र बाग्लुङ सोम शर्मा रहेका छन् ।

गत मंगलबार प्रधानमन्त्री प्रचण्ड बानेश्वरमा आयोजित एक कार्यक्रममा हुन पुगेका थिए । सोही बेला उनीहरूले प्रधानमन्त्री प्रचण्डविरुद्ध नाराबाजी गरेका थिए । र, उनीहरूलाई प्रहरीले तत्काल पक्राउ गरि अभद्र व्यवहारको कसुरमा मुद्धा चलाएको थियो ।