अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प हिरासतमा, नेपालमा कहिले होला कानूनी राज

एजेन्सी । आपराधिक अभियोग लागेका अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन् । विश्वको शक्तिशाली देशका पूर्व राष्ट्रपतिले आफूले गरेको अपराधको जिम्मा लिएका कारण उनी पक्राउ परेको र उनलाई औपचारिक रुपमा गिरफ्तार गरिएको र प्रहरी हिरासतमा राखिएको बीबीसीले जनाएको छ ।

अमेरिकामा फौजदारी अपराधको मुद्दा खेप्ने उनी पहिलो पूर्वराष्ट्रपति हुन् । उनले मंगलबार अपरान्ह म्यान्ह्याटनस्थित फौजदारी अदालतमा आत्मसमर्पण गरेका थिए ।

मंगलबार न्युयोर्कको अदालतमा आत्मसमर्पण गरेका ट्रम्प विरुद्ध विभिन्न ३४ वटा आपराधिक अभियोग लगाईएको छ । ट्रम्पले भने सम्पूर्ण अभियोग अस्वीकार गर्द आफुले कुनै गलत काम नगरेको दाबी गरेका छन् ।

सन् २०१६ को राष्ट्रपति निर्वाचन अघि आफ्नो प्रतिष्ठा जोगाउन थुप्रै गैरकानुनी आर्थिक कारोबारको रेकर्ड किर्ते गरेको आरोप ट्रम्पमाथि छ ।

पोर्न स्टार स्टर्मी ड्यानियललाई दिएको भुक्तानी अक शिर्षकमा देखाएको कसुरमा ट्रम्प अदालतमा तानिएका हुन् ।

अर्को वर्ष हुने अमेरिकी राष्ट्रपतिको चुनाव लड्ने तयारीमा रहेका ट्रम्पलाई यो अभियोगले निकै ठूलो धक्का लागेको अमेरिकी राजनीतिका जानकारहरु बताउँछन् ।
विश्वको शक्तिशाली देशका पूर्व राष्ट्रपति हिरासतमा छन् । त्यही प्रकृतिको अपराधको आरोप लागेका नेपालका कति जना राजनीतिज्ञहरुलाई यसरी हिरासतमा राखिएको छ त भन्ने प्रश्न उठ्न थालेको छ । कानून भन्दा माथि कोही हुन्न भन्ने उदाहरण ट्रम्पको हिरासत बसाईले पुष्टि गरेको छ । नेपालमा पनि कानूनको आँखामा कसैलाई पनि छुट दिईनु हुन्न । तर न्यायालयमा भएको राजनीतिका कारण यो अवस्था आउन पुस्ता नै परिवर्तन हुनु पर्ने पो हो कि ?