कर छल्ने, बैकको व्याज नतिर्ने, सरकारी जग्गा कब्जा गर्ने वीच उद्योग बाणिज्य महासंघमा त्रिपक्षीय भिडन्त

काठमाडौं । उद्योगीहरुको संस्थाका रुपमा रहेको नेपाल उद्योग बाणिज्य महासंघको निर्वाचन यही चैत २८ र २९ गते हुँदै छ । महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था गरिएको छ । विगतमा अध्यक्ष पदका लागि नै निर्वाचन हुने गर्दथ्यो ।

तर भवानी राणा वरिष्ठ उपाध्यक्ष भएका बेला उनले महासंघको अध्यक्षमा निर्वाचित हुन सक्ने अवस्था नदेखिएपछि राणा नजिक रहेका महासंघका केही छट्टु व्यक्तिहरुले वरिष्ठ उपाध्यक्ष नै स्वत ः अध्यक्ष बन्ने गरी निकै विवाद र लफडाका वीच मन्त्रीपरिषद्बाट नै विधान संशोधन गराउन सफल भएका थिए । सोही अनुरुप वरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष हुने चलन उद्योग बाणिज्य महासंघमा स्थापित बनेको हो ।

जुन कानूनत ने्पालको कुनै पनि संघसंस्था वा महासंघमा त्यस्तो व्यवस्था छैन । सोही अनुरुप हालका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल स्वत ः अध्यक्ष बन्ने छन् भने वरिष्ठ उपाध्यक्षका लागि हुने यो निर्वाचनमा त्रिपक्षीय भिडन्त भईरहेको छ।

वरिष्ठ उपाध्यक्षको पदका लागि तीन जनाले उम्मेदवारी दिएका छन् । अस्ति आइतबार हाल महासंघका एसोसियट उपाध्यक्ष रामचन्द्र संघईले उम्मेदवारी मनोनय दर्ता गराएका थिए भने हिजो सोमबार महासंघ पूर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठले वरिष्ठ उपाध्यक्षको लागि मनोनयन दर्ता गराएका थिए । मंगलबार अन्जन श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् । उमेशलाल श्रेष्ठ क्वेस्ट फर्मासिटिकल्सका प्रबन्ध निर्देशक हुन् भने अन्जान श्रेष्ठ लक्ष्मी ग्रूपका कार्यकारी निर्देशक र रामचन्द्र संघई त्रिवेणी ग्रूपका निर्देशक हुन् ।

औषधि उद्यमी उमेशलाल श्रेष्ठ महासंघमा जमेका र राष्ट्रिय राजनीतिमा पनि उत्तिकै पहिचान भएका व्यक्तित्व हुन् । अन्जन र संघई उद्यमी तथा व्यवसायमा राम्रो जमेका व्यवसायिक घरानाका व्यक्तित्व हुन् । उनीहरूले अहिले आफ्नो अर्गनाइजेशलाई ‘टप लेभल’ बाट मार्ग निर्देश गर्दै आफू भने महासंघको राजनीतिमा होमिएका छन् ।

महासंघ नेतृत्व लिनका लागि बनेको प्यानलको आ–आफ्नै स्वार्थ छ । यो प्यानलका नेतृत्व पङ्तीमा रहेका कोहि कर छलिमा मुछिएका छन् भने कोहि भने बैंकबाट लिएको कर्जा नतिरेपनि हुन्छ भन्ने लविङमा लागेका र त्यसलाई नै चुनावी एजेण्डा बनाएर हिडेका छन् ।