ग्रेटर नेपालका अभियन्त फणिन्द्र नेपाल वैकिङ्ग कसुरमा पक्राउ

काठमाडौ । आफूलाई ग्रेटर नेपालको अभियन्ताका रुपमा परिचित गराउँदै आइहेका ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाल वैकिङ्ग कसुरमा पक्राउ परेका छन् । उच्च अदालत पाटन ललितपुरबाट पुस ६ गते भएको फैसला आदेश अनुसार नेपाललाई ३ दिन कैद र ६ लाख जरीवाना ठहर गर्ने फैसाल भएको थियो ।

अदालतको सो आदेश पछि फरार रहेका नेपाल विरुद्ध नरेश कुमार न्यौपानले प्रहरीमा उजुरी गरे पछि नेपाललाई चैत २३ गते जिल्ला प्रहरी कार्यालय ललितपुरको अपराध अनुसन्धान तथा कारवाही शाखाले पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा उपस्थित गराएको छ ।