बल्ल पूर्णता पाउने संकेत देखियो दाहालको मन्त्रीपरिषद्

फाईल तस्बिर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको मन्त्रीपरिषदले पूर्णता पाउने संकेत देखिएको छ । नेपाली कांग्रेसबाट मन्त्री बन्नेहरुको नाम लगभग टुंगिएसँगै मन्त्रीपरिषदले पूर्णता पाउने संकेत देखिएको हो ।

नेताहरूका अनुसार बिहीबार र शुक्रबारमै मन्त्रिपरिषद विस्तार गर्ने तयारी भएको हो । सत्तारुढ दलहरुबीच भएको भागबण्डामा कांग्रेसले ८ वटा मन्त्रालय लिने सहमति भएको थियो । तर, आन्तरिक भागबण्डा नमिलेपछि कांग्रेसले यहि चैत १७ गते ४ जना मात्र मन्त्री पठाएको थियो ।

शेखर कोइराला–गगन थापा समूहले कम्तिमा ३ मन्त्री पाउनुपर्ने अडान राखेपछि सभापति शेरबहादुर देउवाले आफ्नो समूहका ४ जना नेतालाई मात्र मन्त्री बनाउनुभएको थियो । एक नेताका अनुसार कांग्रेसले थप एउटा मन्त्रालय लिएर भागबण्डा टुंग्याउने प्रयास भइरहेको छ ।

अब उपसभापति धनराज गुरुङ, नेताहरु एनपी साउद, मोहन बस्नेत, डिगबहादुर लिम्बु र सुरेन्द्र आचार्य मन्त्री कांग्रेस निकटस्थ स्रोतले बताएको छ । साउद र बस्नेत संस्थापन समूहका हुन् । साउद परराष्ट्र मन्त्री बन्ने सम्भावना छ भने बस्नेतले स्वास्थ्य तथा जनसंख्या मन्त्री दावी गर्दै आउनुभएको छ ।

डिगबहादुर लिम्बुलाई कानून भनिए पनि उहाँले यसमा रुचि देखाउनुभएको छैन् । शेखर कोइराला–गगन थापा समूहले थप एउटा मन्त्री पाउँदा सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डेमध्ये एक जानेछन् ।