आज बाट विक्रम सम्वत २०८० शुरु, कसरी शुरु भयो विक्रम सम्वत ?

काठमाडौं । विक्रम सम्बत हिन्दू पञ्चाङ्गमा आधारित नेपालको राष्ट्रिय पात्रो हो। विक्रम संवत् भारतका विभिन्न राज्यहरूमा पनि प्रचलनमा रहेको छ। यो प्राचीन हिन्दू परम्परा र वैदिक समयाङ्कनमा आधारित शौर्य पात्रोका रुपमा मानिएको छ । यो इस्वी सम्वत् (अङ्ग्रेजी पात्रो) भन्दा ५६ वर्ष ८ महिना १५ दिन अगाडि छ । यस पात्रोमा वर्षको सुरूवात वैशाखको पहिलो दिनबाट हुन्छ। नयाँ वर्षको सुरूवात सामान्यतया ग्रेगोरी पात्रोको अप्रिल महिनाको १३ वा १४ तारिखमा पर्दछ। विक्रम सम्बत सूर्यसँग सम्बन्धित भएकाले विक्रम सम्बतमा ग्रह नक्षत्रका नाम पनि महिनाहरूसँग सम्बन्धित छन्। विक्रम सम्बत नेपालको आदि संवत् समेत हो।

नेपालमा यस पात्रोको प्रयोग आधिकारिक रूपमा चन्द्र शमशेरले प्रयोग गरे पनि रामशाहको पाला र त्यो भन्दा अगाडि प्रयोग भएका धेरै उदाहारहरू छन् ।

नेपालमा शक सम्बत तथा नेपाल सम्वत प्रयोग पनि हुने गर्दथ्यो अनि शक सम्बत १८२३ मा त्यस शक सम्बतलाई आधिकारीक प्रयोगबाट हटाईयो र विक्रम सम्बतको १९५८ औँ सालमा यो नेपालको आधिकारिक पात्रो बन्न पुग्यो भन्ने कसै कसैको भनाइ छ तर लिच्छवी, मल्ल काल, सेन वंश का कतिपय शिलालेखहरूमा तथा पृथ्वीनारायण शाहका प्रारम्भिक शिलालेखहरूमा विक्रम सम्बत रहेकोले यो कथन झुटो ठहरिन्छ ।

नेपाल अंग्रेजयुद्द् ताकाका अधिकांश कागज पत्रमा विक्रम सम्बत प्रयोग भएको यथार्थ लाई त्यतिकै छोप्न सकिन्न । पृथ्वीनारायण शाहदेखि भीमसेन थापा हुदै कोतपर्व सम्मका अधिकांश कागजातहरू हेरे विक्रम सम्बतको व्यापक प्रयोग देख्न सकिन्छ्र ।
विक्रमादित्य राजाको बारेमा नेपालमा प्रचलित वंशावलीमा उल्लेख भेटिन्छ । तत्कालीन श्री ५ को सरकार पुरातत्व विभागबाट प्रकाशित श्री नयनाथ पौड्यालबाट सम्पादित भाषा वंशावलीमा धर्मागत राजाको शासनकालमा राजा धर्मागतको नामले राजप्रासादको दक्षिणतर्फ चतुर्मुख नारायण स्थापित गरी जोडी धारा (हालको नारायणहिटी) बनाई तीर्थ समेत चलाएको र त्यसैबेलादेखि विक्रम सम्बत प्रचलनमा आएको भन्ने उल्लेख छ ।
पशुपति पुराणमा उल्लेख छ( ुअथ सूर्यवंश प्रभावोन्नेपाले किराँत राजन निर्जित्य लिच्छवि वंश प्रवर्ततेु अर्थात् सूर्यवंशी लिच्छविको प्रभावले किराँत राजालाई जिती लिच्छवि वंश सुरू भएपछि लिच्छवि वंशका पहिला राजा धर्मपाल, भूमिबर्मा, विक्रमादित्य आदि नामबाट पुकारिने राजाको शासनकालदेखि नै विक्रम सम्बत सुरू भएको मानिन्छ ।

विक्रम सम्बत, शाके सम्बत भन्दा १३५ वर्ष जेठो, नेपाल सम्बत भन्दा ९३६ वर्ष जेठो र ईस्वी सम्बत भन्दा ५७ वर्ष जेठो छ । विक्रम सम्बत भारतको उज्वैनबाट चलनमा आएको भन्रने पनि धेरै छ तर यसको कुनै पनि एतिहासिक पुष्टि भने छैन । प्राप्त प्रमाणको आधारमा नेपाल सम्बतको उठान नेपालमै भएको हो । वैदिककालदेखि तिथिको आधारमा चल्दै आएको विक्रम सम्बतमा तिथिहरू थपघट भइरहने हुनाले शासन व्यवस्थामा धेरै अप्ठ्यारो हुने हुँदा ज्योतिषहरूको सल्लाह र सुझावमा सजिलोका लागि चन्द्रशमशेरले गतेमा लेख्ने चलन चलाएका हुन् । नेपाल सम्बत र शक सम्बतहरू अध्यावधि तिथिको आधारमा मात्र चलेका छन् । विक्रम सम्बत १९६१ सालदेखिको मेष संक्रान्तिलाई वैशाख १ गते मानी त्यसैको आधारमा महिनाहरूका दिनहरू निर्धारण गरिएका हुन् । मीन राशि समाप्त भई मेष राशि प्रारभ्भ हुनासाथ वैशाख महिना सुरू हुन्छ । – श्रोत : विभिन्न